Advertisement
Advertisement
Advertisement
Advertisement

पाठेघरको क्यान्सरबाट बचाउने एचपीभी खोपलाई राष्ट्रिय कार्यक्रममा समावेश गर्नु पर्छ : सांसद कार्की

  |      17:07:00   |  
web image
web image

जेठ ८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले पाठेघरको क्यान्सरबाट महिलाहरूलाई बचाउनका लागि एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोपको व्यवस्था गर्न माग गरेकी छन् । उनले एचपीभी खोपलाई' राष्ट्रिय खोप कार्यक्रमुमा समावेश गर्न पनि माग गरेकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद कार्कीले पाठेघरको क्यान्सरबाट ठूलो संख्यामा महिलाहरू पीडित भएको र ज्यान गुमाउने भएकाले सरकारले एचपीभी खोपको व्यवस्था गर्नुपर्ने माग गरेकी हुन् । 'पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न राज्यले जनचेतना बढाउने, हाम्रो राष्ट्रिय खोप कार्यक्रममा एचपीभी भ्याक्सिनलाई चाँडोभन्दा चाँडो समावेश गरियोस् भनी सम्बन्धित निकायसँग जोडदार माग राख्न चाहन्छु,' उनले भनिन्,'यसो भयो भने विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा यस क्यान्सरबाट मुक्ति पाउन लिएको लक्ष्यमा हामी पुग्न सक्ने छौं ।'

सांसद कार्कीले महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान र उपचार गर्नु आवश्यक रहेको पनि बताइन् । उनले भनिन्, 'राज्यले यसका लागि अझै पनि मास स्क्रिनिङ कार्यक्रम नराखेको र भ्याक्सिनको व्यवस्था पनि नगरेकाले हामीकहाँ हरेक वर्ष करिब २ हजार ३ सय महिलाहरू सिकार भइराखेका छन् ।' उनले बर्सेनि उक्त क्यान्सरबाट १ हजार ५ सय महिलाहरूले उक्त रोगका कारण ज्यान गुमाइरहेको पनि दाबी गरिन् । एचभीपी खोपको व्यवस्था गरेमा पाठेघरको क्यान्सर लागेका महिलाहरूको संख्यामा उल्लेख्य कमी हुने उनको भनाइ थियो ।

 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement