भदौ १७ , काठमाडौं । पश्चिम नेपालका कपिलवस्तु, रुपन्देही र नवलपरासी लगायतका जिल्लामा मधेसी समुदायका महिलाले तीन छठ्ठी पर्व श्रद्धापूर्वक मनाइरहेका छन्। यस पर्वमा महिलाहरूले परिवार तथा विशेषगरी छोराहरूको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै व्रत तथा पूजाआजा गर्ने परम्परा रहेको छ।
पर्वका अवसरमा महिलाहरू बिहानै स्नान गरी व्रत बस्ने, पूजापाठ गर्ने तथा भजन–कीर्तन गर्ने गर्दछन्। धार्मिक तथा सांस्कृतिक विश्वाससँग जोडिएको यस पर्वमा महिलाहरूको सक्रिय सहभागिता रहने गरेको छ।
तीन छठ्ठी पर्वले पश्चिम नेपालमा पुस्तौंदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ। पर्वका क्रममा महिला तथा समुदायका सदस्यहरू सामूहिक रूपमा पूजाआजा र सांस्कृतिक गतिविधिमा सहभागी हुने गरेका छन्।
Share this with your friends: