Advertisement
Advertisement
Advertisement
Advertisement

पर्वतको मोदीका ३३ घर पहिरोको उच्च जोखिममा

  |      13:02:00   |  
पर्वतको मोदीका ३३ घर पहिरोको उच्च जोखिममा

असार २२, । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिरोका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरोसँगै तानिने जोखिममा रहेका छन् ।

पातीचौरका स्थानीयवासी तथा शिक्षक वसन्तविक्रम तिमिल्सिनाका अनुसार पहिरो थोरै थोरै गरेर खस्दै गएको छ । वडा नं २ कै सुनचापमा रहेका १४ घर पुरिने खतरामा परेका छन् । यस्तै पहिरो खसेको ठाउँको मुखैमा पर्ने सालघारीका दुई घर र डिहीँका दुई घर गरी १६ घर सबैभन्दा बढी जोखिममा छन् । त्यसबाहेक कानदेउरालीका दुई घर, दोबाटाका तीन घर, डढुवाबारीबाट बढहरेसम्मका करिब १० घर पनि पहिरोले तान्न सक्ने अवस्थामा पुगेको छन् । “त्यहाँको पहिराको अवस्था भनी नसक्नुको छ । केही मात्रामा गएको पहिरो र माथिबाटै लच्किएर आएको जमिनको तल रहेका १४ घर र माथिल्लो क्षेत्रमा रहेका घर उच्च जोखिममा रहेका छन् । 

पहिरोभन्दा तल पातीचौरको क्षेत्रमा लाखौँ लगानी गरिएका कृषि फार्म पनि पुरिने खतरामा छ”, तिमिल्सिनाले भने, “वनबाट शुरु भएको पहिराले ठाउँ छाडेर १० मिटरभन्दा बढी तल सरेको छ । वर्षा भएको बेलामा माथिबाट करिब १५ हेक्टर क्षेत्रफलको भाग पूरै बगेर आउने उच्च जोखिम छ ।”

पहिरो आउन सक्ने तल्लो क्षेत्रमा लाखौँ रुपैयाँ लगानी गरिएका कृषि फार्म पनि छन् । पहिरो झरेमा ती सबै फार्म पुरिएर पूर्ण क्षति हुने स्थानीयवासी सविना सुब्बाले बताए । त्यहाँ बङ्गुर, कुखुरा र माछाका फार्म छन् । फार्ममा सुब्बाले रु सात लाख लगानी गरेका छन् । यस्तै सञ्जीवनी सहकारीले रु १४ लाख, तेजबहादुर क्षेत्रीले रु सात लाख र मोदी गाउँपालिकाकै क्याङका युवाले करिब रु १० लाख लगानी गरेका छन् । पहिरोभन्दा तलको क्षेत्र सुनचापमा घर भएका अन्तरे कामीले माथिबाट आउन सक्ने पहिराले कति बेला अँठ्याउने हो भनेर रातभर निदाउन नसक्ने बताए। वर्षा भएको दिनमा पहिरो आउन सक्ने डरले भाग्न तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
“माथिबाट पहिरो आएर कतिबेला बगाउने हो भन्ने पिर मात्रै छ । गेगरसहितको सानो पहिरो त गएकै छ, अब पहाडै झरेझैँ आउने अवस्था छ”, उनले भने, “पानी पर्दाको रातमा भाग्न तयार भएर बस्नुपरेको छ । निदाउने हो भने पहिरो आएर गाउँ नै लान्छ जस्तो छ, निदाउनै हुँदैन ।”

पहिरो आउन सक्ने उच्च जोखिमका कारण भने कोरुङ्गा सामुदायिक वन क्षेत्र हुँदै खनिएको करिब १३ किलोमिटर लम्बाइको देउपुर–पातीचौर–लप्सीबोट सडक रहेको स्थानीय बताउँछन् । सडक खन्ने बेलामा भूगर्भविदसहितको प्राविधिक टोलीले अध्ययन गरेको भए पनि सडकमा एकत्रित भएर आउने भलका कारण वनबाट ठूलो क्षेत्रफलको जमीन लच्किएको शिक्षक तिमिल्सिनाले बताए । लच्किएको जमीन पहिरोका रूपमा झरेमा करिब पाँच किलोमिटर सडकसमेत बग्ने अवस्थामा छ । कालोपत्र र ढलान गरिएको उक्त सडक देउराली, देउपुर र भुक जाने मुख्य सडक हो ।
मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले पहिरोका जोखिममा रहेका नागरिकको ज्यान जोगाउन बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको बताए । जमीन लच्किएको ठाउँबाट साना पहिरो हरेक वर्ष खस्दै आएका कारण समस्या भइरहेको भन्दै उनले पहिरो रोक्न सक्ने उपाय नै नभएको उल्लेख गरे । 

 

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement