Advertisement
Advertisement
Advertisement
Advertisement

परदेशिएको २५ वर्षपछि सहयोगी हात लिएर स्वदेश आए कुमार श्रेष्ठ

  |      16:03:00   |  
परदेशिएको २५ वर्षपछि सहयोगी हात लिएर स्वदेश आए कुमार श्रेष्ठ

►शकुन्तला कटुवाल (पाठक)

पुस ६, काठमाडौं । पोर्चुगलका सफल नेपाली व्यवसायी कुमार श्रेष्ठ परदेशिएको २५ वर्षपछि नेपाल फर्किएर विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थालाई आर्थिक सहयोग गरी फर्किएका छन् ।

केही समयअघि नेपाल आई हाल पोर्चुगल फर्किसकेका श्रेष्ठले नेपालमा छँदा विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेका हुन् ।

उनले आफ्नी पत्नी सरिता श्रेष्ठको साथमा भक्तपुरको सिद्धि शालिग्राम वृद्धआश्रमका ५० जेष्ठ नागरिकहरुलाई  १ लाख १२ हजार रुपैयाँ बराबरको जाडोका सामाग्री वितरण गरेका छन् ।
 

यस्तै, भक्तपुरमा निर्माण भइरहेको पाथीभरा मन्दिरलाई श्रेष्ठले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

यस्तै, भक्तपुरमा निर्माण भइरहेको पाथीभरा मन्दिरलाई श्रेष्ठले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका वडानम्बर १३ को मन्दिरका लागि सरिता श्रेष्ठ र श्रेष्ठसँगै नेपाल पुगेकी सरु उप्रेतीबाट ३५ हजार रुपैयाँ बराबरको जिन्सी सहयोग उपलब्ध भएको बताइएको छ । 

श्रेष्ठले मनकामना मन्दिर मर्मतका लागि, आफ्नो जन्मस्थलको स्कूल भवन निर्माणका लागि, दोखलाको भिमसेन मन्दिरमा समेत आर्थिक सहयोग गरेका उनको निजी सचिवालयले जनाएको छ । 
 

लामो समयपछि नेपाल फर्किएका पोर्चुगलको प्रतिष्ठित नेपाली व्यवसायी तथा चर्चित समाजसेवी श्रेष्ठले आफू नेपालमा छँदा देखेको राजनीतिक लुछाचुँडी तथा गुटबन्दी, विकास निर्माणका काममा हुने गरेको ढिलाई लगायतप्रति भने दुःख व्यक्त गरेका छन् । 

कुमार श्रेष्ठ पोर्चुगलमा पुगेर होटल व्यवसाय गर्ने पहिलो नेपाली हुन् । उनले हाल अन्नपूर्ण रेष्टुरेन्ट लगायताका चार वटा होटल पोर्चुगलमा संचालनमा ल्याएका छन् । 

 

देशकै लागी चिन्ता भेटिन्छ पोर्चुगलमा दुई दशकभन्दा लामो समय सम्म बसोबास गर्दै आएका श्रेष्ठ पोर्चुगलका सामाजीक गतिविधीमा गहिरो सहभागिता प्रकट गरेका छन् । नेवा पुजका संरक्षक तथा कला परिषदका अध्यक्ष श्रेष्ठ भन्छन्, – ‘बिशुद्ध सामाजीक कार्यमा मलाई सदैब चाख छ तर समाज सेवाको नाममा राजनिती र समाज सेवाको लागी राजनितीको म विरोधी हुँ । प्रवासमा नेपाली कला र संस्कृतीको जगेर्ना गर्ने गतिविधी सर्हानीय छ । 

‘हामी जहाँ रहे पनि नेपाललाई बिर्सनुहुन्न । हामीले सत्यता र धर्मको बाटोलाई भूल्नुहुन्न ।’ नेपाल फर्किनुअघि उनले आफ्नो शुभेच्छुकहरुसँग भनेका थिए ।  
 
हाल कुमार श्रेष्ठ जस्तै २५ हजार भन्दा धेरै नेपाली पोर्चुगल पुगेका छन् । श्रेष्ठले आफूले सकेजति सबै नेपालीललाई सहयोग गर्छन् । र सबैलाई व्यवसाय गर्न प्रेरणा दिन्छन् । 

अन्त्यमा पोर्चुगल आउनेहरुका लागि उनी यसो भन्छन्, – ‘संघर्ष गर्न चाहाने र सक्नेले पोर्चुगलमा सुन्दर भविष्य कोर्न सक्छ  ।  यहाँ हरहिसाबले जीवन सहज नै हुन्छ ।’

श्रेष्ठ पोर्चुगलका सामाजीक गतिविधीमा गहिरो सहभागिता प्रकट गरेका छन् । नेवा पुजका संरक्षक तथा कला परिषदका अध्यक्ष श्रेष्ठ भन्छन्, – ‘बिशुद्ध सामाजीक कार्यमा मलाई सदैब चाख छ तर समाज सेवाको नाममा राजनिती र समाज सेवाको लागी राजनितीको म विरोधी हुँ । प्रवासमा नेपाली कला र संस्कृतीको जगेर्ना गर्ने गतिविधी सर्हानीय छ । 

(शकुन्तला कटुवाल (पाठक) नेप्लिज वुमनका लागि पोर्चुगलबाट लेख्छिन् )


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement