Advertisement
Advertisement
Advertisement
Advertisement

पत्रकार महिलाको अवस्था उकास्न मन्त्री नरदेबी पुनको आग्रह

  |      00:00:00   |  
पत्रकार महिलाको अवस्था उकास्न मन्त्री नरदेबी पुनको आग्रह

माघ ३, पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेबी पुनले पत्रकार महिलाको क्षमता र दक्षता अभिबृद्धि मुलुकको समृद्धीका लागि अपरिहार्य भएको बताएकी छन् । राज्यको चौंथो अंग पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिताले नै समग्र समावेशिकरणको मुद्दा अर्थपूर्ण हुने उनको भनाइ छ ।

संचारिका समूह गण्डकी प्रदेशको आयोजनामा पोखरामा भएको ‘पत्रकार महिलाहरूका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी वस्तुगत रिपोर्टिङ तालिम’ को उद्घाटन गर्दै मन्त्री पुनले यस्तो बताएकी हुन् । उनले, राजनीतिक संरचनाहरू महिलामैत्री बन्दै गएको भए पनि सामाजिक दृष्टिकोणहरू महिला प्रति अझै उदार बनि नसक्नु पत्रकार महिलाका लागि ठूलो चुनौती रहेको बताइन्।

पत्रकारितामा महिलाहरू व्यवसायिक रुपमा टिकिराख्नका लागि पत्रकारितामा संस्थागत रुपमै हौसला र प्रोत्साह आवश्यक छ भन्दै आमसंचार तथा पत्रकारितामा महिलामैत्री नीति नियम बनाउन पनि मन्त्री पुनले आग्रह गरिन् । विषयवस्तुलाइ मसिनो गरि विश्लेषण गर्दै वस्तुगत समाचार लेख्ने परिपाटीले नै पत्रकार र पत्रकारिता दुबैको दक्षता बढाउँछ भन्दै मन्त्री पुनले राज्यको चौंथो अंगमा महिलालाई सहज वातावरण बनाउन गम्भीर र जिम्मेवार हुन आग्रह गरिन् ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३० जना पत्रकार महिलाको सहभागिता रहेको तालिममा पत्रकारिता र तथा विभिन्न सामाजिक विषयहरूमा केन्द्रित रहेर कक्षाहरू संचालन गरिएको संचारिका समूह गण्डकी प्रदेशका अध्यक्ष स्मीता अधिकारी जानकारी दिइन्।

तालिममा वरिष्ठ पत्रकार तथा संचारिका समूह नेपालका केन्द्रीय निवर्तमान अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार पुष्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, संचारिका समूह गण्डकीका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, क्रियाशील पत्रकार महिला समूह कास्कीकी अध्यक्ष सरिता तिमिल्सनाले सहजीकरण तथा संचारिका समूह लमजुङ अध्यक्ष शान्ता कमलीले रिपोर्टिङ अनुभव प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै संचारिका समूह नेपालका केन्द्रीय निवर्तमान अध्यक्ष निर्मला शर्र्माले पत्रकारितामा दक्ष बन्नका लागि इच्छाशक्ति सबैभन्दा महत्वपूर्ण हुने बताइन् । समाचारका विषयहरू धेरै नै भए पनि कसरी सार्वजनिक गर्ने भन्ने ज्ञान तथा कला नहुँदा ओझेल परेका विषयहरू मिडियामा अपेक्षाकृत आउन नसकेको शर्माले बताइन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले समग्र महिलाको अधिकार स्थापित गर्न उनीहरूलाई विकासको मूलधारमा ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

महिला खबरमा प्रकाशित खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement