Advertisement
Advertisement
Advertisement
Advertisement

पढाइ खर्च जुटाउन बन्दाबन्दीको समयमा गिट्टी कुट्दै बालबालिका

  |      14:48:00   |  
पढाइ खर्च जुटाउन बन्दाबन्दीको समयमा गिट्टी कुट्दै बालबालिका
► हेमन्त केसी 
जेठ ६, जाजरकोट । रुकुम  पश्चिम आठबीसकोट नगरपालिका–११ चिसापानीकी नौ वर्षीया बालिका चेतना पुनले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएकी छिन् ।
 
कोरोना भाइरस ९कोभिड–१९० का कारण विद्यालय बन्द भएपछि चेतना आफैं पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएकी हुन् । उनी रहरले नभई बाध्यताले सडकको छेउमा आएर दैनिक बिहानदेखि बेलुकी गिट्टी कुट्छिन् । उनको उमेरका अधिकांश बालबालिका घरमा अभिभावकसँग लकडाउनको समयमा टिभी हेर्ने गर्छन् । तर चेतना भने गाउँका अधबैँसे उमेरमा महिलासँग गिट्टी कुट्दै जीवन जिउने आधार खोज्दैछिन् । अन्य साथी जस्तै चेतनालाई पनि टिभी हेर्न र महँगो मोबाइलमा गेम खेल्न अनि मीठो मसिनो खाना इच्छा नभएको कहाँ हो र रु चेतना भन्छिन्, “म दुई वर्षको हुँदा आमाले अर्को बिहे गरेर अर्कैको घरमा जानुभयो । बाबा घरमै हुनुहुन्छ, केही दिनपछि विद्यालय खुलेपछि मलाई पढ्ने पैसा चाहिने भएकाले अहिले म आन्टीहरुसँग गिट्टी कुट्दैछु ।” उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च जुटाउनका लागि बाध्य भएर गिट्टी कुट्ने गरेकी हो ।”
 
यति भन्दै गर्दा आँखाबाट बररर आँसु झारेकी चेतनालाई साथमा रहेकी अन्य अधबँैसे उमेरका आन्टीहरुले आँसु पुछ्दै भनिन्, “चिन्ता नगर नानी, हामी छौँ सहयोग गर्ने ।” चेतनाकी आमा हिरा पुनले बिहे गरेर अर्कैतिर गएको र बाबा कर्णे पुन एक्लैले केही गर्न नसकेपछि ती बालिकालगायत अन्य दुईजना बालबालिका समस्यमा परेको सँगै गिट्टी कुटिरहेकी भद्री बबालले जानकारी दिनुभयो । उनी भन्छिन्, “नानीसँग गिट्टी कुट्न थालेको आज दुई हप्ताभन्दा बढी भयो । हामीसँगै उनी पनि कलिला हातमा फोका उठुन्जेल गिट्टी कुटिरहेकी छिन् ।” 
 
हामीले समाचार सङ्कलनकै क्रममा चेतनाको हात हेर्दा साँचिक्कै हातमा फोकामात्र उठेका थिएनन्, छाला फुटेर हातबाट पानीसमेत आएको थियो । उनीसँगै अर्की ११ वर्षीया नमूना आधारभूत विद्यालयमा पढ्ने बालिका रविना विक गिट्टी कुट्दै थिइन् । बिहानैदेखि गिट्टी कुटिरहेकी उनको अनुहारसम्म धुलोले छुट्याउन नसक्ने अवस्थामा पुगेको थियो । गिट्टी कुटेको थुर्पोमा बसेर जोड बलका साथ रविना आफू जीवनलाई समेत प्रवाह नगरी निरन्तर गिट्टी कुटिरहेकी थिइन् । उनी भन्छिन्, “बाबा  भारततर्फ कमाइ गर्न जानुभएको छ, आमा एक्लै केही गर्न सक्नुहुन्न ? मैले गिट्टी नकुटी के गर्नु ?” 
 
यी बालबालिकासँग गिट्टी कुटिरहेकी तीन छोरी र एक छोराकी आमा सरस्वती बबालले घरमा सबै अन्न सकिएकाले गिट्टी कुट्न आएको बताउनुभयो । आठबीसकोट नगरपालिकाले श्रम सहकार्यमार्फत काम गरेर खाद्यान्न पाउने नीति ल्याए पनि आफूहरुका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष पनि काम गराएर केही नदिएको भन्दै यो वर्ष पनि काम गराउने तर केही नदिने घटना दोहोरिने पक्का भएकाले नगरका कुरा नपत्याएको उहाँको प्रतिक्रिया थियो । अहिले जाजरकोट–डोल्पा सडक खण्डमा थुप्रै मानिस गिट्टी कुटेर प्राण बचाउने अभियानमा लागेको बताइएको छ । हामीलाई अरुथोकभन्दा पनि पेट कसरी भर्ने भन्ने चिन्ता भएको उनीहरुको भनाइ छ । 
 
कोरोनाभन्दा पनि भोकको चिन्ता भएको उनीहरु दाबीको छ । पुगेको भए जेठ महिनाको चर्को घाममा गिट्टी कुट्न को आउँथ्यो र भन्दै सीता विकले भन्नुभयो, “अब जे पाइन्छ, त्यही काम गर्ने हो । नगरको कार्यक्रम के छ हामीलाई थाहा छैन । काम गरेपछि चामल दिने त सुनेकी हुँ तर अहिलेसम्म त्यो काम कहाँ हुँदैछ थाहा पाएकी छैन । ” 
 
गरीबी र विपन्नताका कारण जिल्लाका धेरैजसो बालबालिकाले आफ्नो पढाइ र घरखर्च जुटाउनका लागि गिट्टी कुट्ने गरेका छन् । शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुताजस्ता विषयलाई नेपालको संविधानले नागरिकको मौलिक हकअन्तर्गत राखेको भए पनि गरीबी र विपन्नतामा बाँचिरहेका बालबालिकाले आधारभूत शिक्षा हासिल गर्नका लागि पनि गिट्टी कुट्नुको विकल्प नभएको गुनासो उनीहरुको छ । शिक्षामा सबैको सहज पहुँच पु¥याउने सरकारको प्रतिबद्धता र जवाफदेहीता गरीब तथा विपन्न बालबालिकाको घर आँगनमा पुग्न नसकेको आरोप स्थानीयवासीको छ ।
 
सम्पन्न घर परिवारका बालबालिका सुविधायुक्त महँगो विद्यालयको पढाइमा प्रतिस्पर्धा गरिरहेको बेला गरीबी तथा विपन्नताको कहालीलाग्दो अवस्थामा बाँचिरहेका बालबालिकाले आफ्नो पढाइ खर्च जुटाउन लकडाउनका बेला पनि गिट्टी कुट्न बाध्य भएका छन् । जाजरकोटमा मजदूरी गर्ने बालबालिकाको सङ्ख्या यति छ भन्ने कुरा यकिन नभएको स्थानीय सरकारको मताहतमा रहेका महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।
 
नगरको दश हजारलाई खाद्यान्न दिने घोषण
 
आठबीसकोट नगरपालिकाले खाद्य सङ्कट समाधान गर्न श्रम सहकार्यमार्फत एकैपटक १० हजार घरधुरीलाई काममा लगाएर खाद्यान्न उपलब्ध गराउने नीति लिएको छ ।
 
खाद्यान्न अभावलाई हल गर्न नगरपालिकाले समस्या परेको ठाउँमा काम दिएर सोवापत खाद्यान्न दिने नीति लिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खाद्य सङ्कट आउने देखेर हामीले पालिकाभित्रका सबै घरधुरीलाई काममा लगाएर हरेक घरमा ५० केजी चामल उपलब्ध गराउने नीति लिएका छौँ ।”
 
नगरपालिकाभित्र १० हजार घरधुरी रहेका छन् । त्यसबाट १०÷१० घरको प्रतिनिधित्व गर्ने एक हजार श्रम सहकार्य समूह बनाएका छौँ, उहाँले भन्नुभयो, “पालिका र प्रदेशका काम गर्न बाँकी साना विकासका काम यही समूहबाट हुनेछ, हरेक घरले पाँचदेखि सात दिन काम गरेर ५० केजी चामल पाउने छन् । कोही घरमा काम गर्न सक्ने मान्छे नभए समूहकै निर्णयानुसार छिमेकीले काम गरिदिनुपर्नेछ । चामल पाउनबाट कोही घर पनि वञ्चित हुने छैन ।”
 
पालिकाभित्र ५१ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन् । तीमध्ये ३५ प्रतिशत दलित समुदाय रहेको उहाँले बताउनुभयो । कम्तीमा पाँच हजार क्विन्टल चामल चाहिने नगरपालिकाले जनाएको छ । यो अभियानअन्तर्गत करिब रु तीन करोडको काम हुने अपेक्षा पालिकाले गरेको छ । 
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement