Advertisement
Advertisement
Advertisement
Advertisement

पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८

  |      17:28:00   |  
पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८

जेठ १९, काठमाण्डौ । नेपालमा कोरोना संक्रमित बढ्ने दर तीव्र बन्न थालेको छ । सोमबार देशमा हालसम्मकै सबैभन्दा बढी संक्रमितको पहिचान भएको हो । यो दिन देशका विभिन्न क्षेत्रमा २२६ संक्रमितको पहिचान भएको हो । 


योसहित देशमा कुल कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ । कुल संक्रमितमध्ये १६६७ पुरुष र १३१ महिला रहेका छन् । 

सोमबार डोटीमा समेत कोरोना संक्रमित फेला परेका छन् । योसहित देशका ७७ मध्ये ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विराटनगरको गरिएको स्वाब परीक्षणमा झापाको बाह्रदशीका २ पुरुषमा संक्रमण पुष्टि भएको छ । 

पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्व कावासोतीका २ जना पुरुष, बिना त्रिवेणीका एक १४ वर्षीय बालकमा संक्रमण पुष्टि भएको छ । 

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु दैलेख नारायण नपाका ९ जना पुरुष, दैलेखकै सिमडाका २ जना, दैलेखका देवाकाँडाका ३ जना, सोत र साधुका १÷१ जना, जूकेपानीका एक पुरुष तथा दुल्लुका ७ जनामा समेत संक्रमण देखिएको छ । दुल्लुमा भेटिएका ७ संक्रमितमध्ये २ महिला, एक वर्षका बालक र अरु पुरुष रहेका छन् । 

यस्तै, जुम्ला हिमाका ८ जना पुरुष, जुम्लाको सिञ्जाका ९ जना तथा जुम्लामा कार्यरत २ पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । 

प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी अन्वेषण केन्द्रको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये दैलेख नारायण नपाका १६ जना पुरुष, महागुपालीका १ जना, सल्यान बनगाडका १० जना, सुर्खेत बराहतालका ५ जना पुरुष रहेका छन् । 

यस्तै, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जना नयाँ संक्रमितको पहिचान भएको छ । उनीहरुमध्ये कपिलवस्तुको बाणगंगाका २ जना महिला, रौतहट परौवाका १४ जना पुरुष, रौतहटकै यमूनामाई गाउँपालिकाका ४ जना९एक महिलासहित० पुरुष रहेका छन् । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै बाँकडेको डुडुवाका पुरुष रहेका छन् । 

यसैगरी, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ९ जनामा पोजिटिभ देखिएको छ । उनीहरु सबै दाङका हुन् । उनीहरुमध्ये तुल्सीपुर उपमहानगरपालिका ५ जना पुरुष, गढवा गापाका २ जना, लमहीका १ जना पुरुष र राप्ति गापाका एकजना रहेका छन् । 

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
उनीहरुमध्ये धनुषा धनौजीका ४ जना पुरुष, हंसपुरका २ जना पुरुष, धनुषाकै जनकपुर प्रादेशिक अस्पतालका १ जना पुरुष, कपिलवस्तु शिवराजको क्वारेन्टाइनमा रहेका १२ जना पुरुष, कपिवलवस्तुको हरिहपुरका ८ जना पुरुष, कपिलवस्तुकै महाराजगञ्जका २ पुरुष तथा रंगीलाल मावि क्वोन्टाइनका ११ पुरुष रहेका छन् । 

कपिलवस्तुको चन्द्रौटास्थित  राष्ट्रिय माविस्थित क्वारेन्टाइनमा ३ जना, रघु सामुदायिक स्कूलको क्वारेन्टाइनमा २ जना, महोत्तरी लाहौरपट्टि क्वारेन्टाइनका २ जना, मकवानपुरका एकजना, सर्लाहीको जनता मावि क्वारेन्टाइनमा ५ जना९ ९ वर्षे बालकसहित बाँकी महिला० रहेकालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

सर्लाहीको जनता माविको क्वारेन्टाइनमा ३३ जनामा संक्रमण देखिएको छ । तीमध्ये ११ वर्षे बालकदेखि ७५ वर्षसम्मका व्यक्ति रहेका छन् । 

यसैगरी, सिरहाका सूर्यनारायण सत्यनारायण माविको क्वारेन्टाइनमा बसेका ५ पुरुष, जनकपुरको प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उदयपुरका एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । 

यस्तै, सेती अस्पताल धनगढीमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अछामका एक वर्षका बालक, कैलालीका १४ जना९२ वर्षका बालक र ३ महिलासहित०, बैतडीका एकजना, डोटीका एकजना र कञ्चनपुरका एक जना ११ महिने बालक रहेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement