Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

  |      15:24:00   |  
नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

असार २७, काठमाडौं । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ। 
नेपाल बंगलादेश बैंक, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौताअनुसार मकवानपुरगढीे गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी यही असार २५ गतेबाट लगानीको सुरुआत गरिएको हो। यसबाट पहिलो चरणमा मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का २५ जना कृषक लाभान्वित हुने बैंकले जनाएको छ। 

यस योजनाअन्तर्गत बिनाधितो एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ।

कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन्। 

उक्त कार्डबाट कृषकहरुले सामान खरिद गर्दा कार्डको क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन्। नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बंलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ। 

बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा मकवानपुरगढीे गाउँपालिकाबाट सुरु गरी नेपाल अधिराज्यभरि नै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामीण भेगका कृषकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ।  

हाल  बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement