Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल कोरोना भाइरस : काठमाण्डू सङ्क्रमणको उच्च जोखिममा, अब व्यापक परीक्षण गरिने

  |      13:42:00   |  
नेपाल कोरोना भाइरस : काठमाण्डू सङ्क्रमणको उच्च जोखिममा, अब व्यापक परीक्षण गरिने

बैशाख ३०, काठमाडौँ । सरकारले सीमित कर्मचारीहरूको भरमा विभिन्न कार्यालयहरू चलाउन पाइने निर्णय गर्दै त्यसका लागि सवारी आवागमनको अनुमति दियो।

लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिइएको पहिलो दिन आइतवार सडकमा आवागमन अचानक बाक्लियो।

ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार कम प्राथमिकताका कामका लागि पनि मानिसहरू बाहिर निस्किन थालेका छन्।

के काठमाण्डू उपत्यका जोखिमबाट मुक्त भएको हो तरु देशका विभिन्न स्थानमा कोभिड(१९ भएका व्यक्ति पत्ता लागिरहेको बेला काठमाण्डू सुरक्षित नभएको विज्ञहरूको भनाइ छ।स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार काठमाण्डू उपत्यका उच्च जोखिमको सूचीमा छ।

सरकारले आन्तरिक रूपमा रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ।

काठमाण्डू उच्च जोखिमु मा पर्नुको कारण
श्रेष्ठ भन्छन्, काठमाण्डू अहिले पनि रेड जोनमा छ।

जनसङ्ख्याको अनुपातमा काठमाण्डू उपत्यकामा सङ्क्रमण निकै कममा देखिएको छ।

तर मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकालेु उपत्यकालाई उच्च जोखिममा राखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए।

त्यसैले सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द नै रहनेछन्।काठमाण्डू उपत्यकामा बाहिरबाट मानिसहरू नआऊन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन्।

परीक्षण बढाइँदै
अधिकारीहरूका अनुसार जोखिमपूर्ण ठाउँबाट आएका, सम्भावित सङ्क्रमितहरूको सम्पर्कमा रहेका र सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिबाहेक अन्यलाई परीक्षणको दायरामा ल्याइएको थिएन।

यसअघि ज्वरो आएका र खोकी लागेका कतिपय बिरामीहरूको पनि कोरोनाभाइरस परीक्षण नगरिएको समाचारहरू आएका थिए।

परीक्षण सामग्रीको अभावले जनसङ्ख्याको तुलनामा परीक्षण निकै कम गरिएको बताइने गरेको थियो। उक्त विषय उच्च तहको छलफलमा पनि उठेको बताइएको छ।

तर महानिर्देशक श्रेष्ठ भन्छन्, ज्वरो आएका र खोकी लागेकाहरूको परीक्षण गर्छौँ, अब परीक्षणको दायरा बढाउँदैछौँ।

अब कसको परीक्षण हुन्छरु
उनका अनुसार लकडाउनका बेला पनि बढी मानिसको सम्पर्कमा रहेका, राहत वितरणमा संलग्न, बिरामीको परीक्षण र उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, फोहरमैला व्यवस्थापनमा काम गरेका, विदेशबाट आएका र शङ्कास्पद सबै व्यक्तिको परीक्षण गरिनेछ।


काठमाण्डूबाट बाहिरिँदै गरेका यात्रुलाई विज्ञहरूको यस्तो छ सुझाव
त्यसका लागि परीक्षण सामग्री पर्याप्त छ।

स्वास्थ्य मन्त्रालयका अनुसार स्विस तथा चीन सरकारले उपलब्ध गराएका ३०(३० हजार तथा नेपाल सरकारले किनेका ४० हजार गरी कुल एक लाख किट पीसीआर परीक्षणको निम्ति उपलब्ध छन्।सुपर स्प्रेडरुको डर
त्यसले परीक्षणको दायरा थप बढाउन सहज हुने अधिकारीहरूको विश्वास छ।

तर दशौँ लाख जनसङ्ख्या रहेको र लकडाउन केही खुकुलो बनाइएकाले काठमाण्डू उपत्यकामा जोखिम पनि उत्तिकै रहेको अधिकारीहरूको ठम्याइ छ।

सरकारले लिएको लचिलो नीतिका कारण अनावश्यक रूपमा सम्पर्कमा जाने र हिँड्न नहुने उनीहरूको सुझाव छ।स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ भन्छन्, आवागमन निकै बाक्लो छ। त्यसैले ५०(१०० जनालाई रोग सारेर एक जना सुपर स्प्रेडरु बन्यो र अरूले पाँच(पाँच जनालाई नै सारे भने अवस्था जटिल बन्न सक्छ।

हामीलाई त्यसको खतरा छ। परीक्षणले ठूलो जोखिम नदेखाए पनि सतर्क रहन आवश्यक छ।

चीनबाट थप सामग्री आउँदै
नेपाली सेनाले चीनबाट पनि झन्डै साढे ३७ टन स्वास्थ्य सामग्री र उपकरणहरू सडक मार्गबाट ल्याउँदैछ।

जीटुजी विधिबाट ल्याउन खरिद गरिएका ती सामानको पहिलो खेप गोन्जाओबाट स्थलमार्ग हुँदै वैशाख २२ गते नेपालतर्फ पठाइएको हो।

झन्डै पाँच टन सामान सम्भवतस् बुधवारसम्म आइपुग्ने नेपाली सेनाले जनाएको छ।त्यसपछि २४, २६ र २८ गते सामान पठाइएको र दुई दिनको अन्तरालमा ती सामान नेपाल आइपुग्ने बताइएको छ।

विमानबाट पनि यो साताभित्र सामग्री ल्याउने तयारी रहेको सैनिक प्रवक्ता सहायकरथी विज्ञान देव पाण्डेले जानकारी दिए।

सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा त्यसपछि हालका निम्ति सबै खाले स्वास्थ्य सामान र उपकरणहरू पर्याप्त हुने बताइएको छ।

बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement