Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली संगीतमा प्रतिभा प्रशस्त, तर दिगो करिअरका लागि व्यवसायिक ज्ञान आवश्यक : जेसिका लिन

  |      13:25:00   |  
web image
web image
भदौ २३, काठमाडौं । अमेरिकी कन्ट्री संगीतकर्मी जेसिका लिनले नेपाली संगीत क्षेत्रमा प्रतिभाको कुनै कमी नरहेको बताउँदै कलाकारले संगीतसँगै यसको व्यवसायिक पक्ष पनि बुझ्न आवश्यक रहेको बताएकी छन्।
अमेरिकी दूतावास नेपालको ‘आर्ट्स एन्ड म्युजिक इन्भोय कार्यक्रम’ अन्तर्गत नेपाल आएकी लिनले नेपाली संगीतकर्मी, गीतकार तथा संगीत उत्पादकसँग भेटघाट, सहकार्य र कार्यशाला सञ्चालन गरेकी थिइन्। उनले गीत लेखन, प्रतिलिपि अधिकार, रोयल्टी तथा संगीत व्यवसायका विषयमा पनि कलाकारसँग अनुभव साटेकी छन्।
न्युयोर्कमा हुर्किएकी लिनले सानैदेखि परिवारबाट कन्ट्री संगीत सुन्दै आए पनि आफूले सुरुमा रक एन्ड रोल ब्यान्डमार्फत संगीत यात्रा अघि बढाएको बताइन्। पछि आफ्नै कन्ट्री संगीत लेख्न थालेपछि त्यसैलाई आफ्नो करिअर बनाउने निर्णय गरेको उनको भनाइ छ।
नेपाल आएपछि भने नेपाली संगीतले आफूलाई निकै प्रभावित गरेको लिनले बताएकी छन्। उनले नेपाली संगीतको धुन, भाव र प्रस्तुतिको प्रशंसा गर्दै नेपाली कलाकारमा आफूले अपेक्षा गरेभन्दा धेरै प्रतिभा देखेको बताइन्। विशेषगरी सारंगीवादक किरण नेपालीसँग सहकार्यको अनुभवलाई उनले निकै सकारात्मक रूपमा लिएकी छन्।
लिनका अनुसार नेपाली संगीतकर्मीका लागि सबैभन्दा ठूलो चुनौती प्रतिभा नभई आफ्नो सिर्जनाको अधिकार र त्यसबाट आम्दानी गर्ने ज्ञानको अभाव हो। कलाकारले सहकार्य गर्दा सुरुमै अधिकार, आम्दानी र जिम्मेवारीबारे स्पष्ट सहमति गर्नुपर्ने उनको सुझाव छ।
उनले अहिलेको संगीत बजारमा कलाकार केवल गायक वा वाद्यवादक भएर मात्रै पुग्ने अवस्था नरहेको बताइन्। सामाजिक सञ्जाल, उद्यमशीलता, प्रचारप्रसार र संगीत व्यवसायको आधारभूत ज्ञान पनि कलाकारका लागि आवश्यक रहेको उनको भनाइ छ।
लिनले आफूले पनि संगीतबाट मात्रै आम्दानी नगर्ने बताउँदै भ्रमण, सामाजिक सञ्जाल, सामग्री बिक्री र विभिन्न व्यावसायिक सहकार्यबाट आम्दानी गर्ने गरेको जानकारी दिइन्। उनका अनुसार डिजिटल माध्यमबाट हुने स्ट्रिमिङ आम्दानी निकै कम हुने भएकाले कलाकारले आम्दानीका अन्य स्रोत पनि विकास गर्नुपर्छ।
युवा कलाकारले करिअर बनाउने क्रममा मानिसमाथि अत्यधिक विश्वास गर्नु पनि जोखिमपूर्ण हुन सक्ने उनको चेतावनी छ। बुकिङ एजेन्ट, प्रचार कम्पनीलगायतसँग काम गर्दा उनीहरूको पृष्ठभूमि जाँच गर्न, सन्दर्भ खोज्न र अस्वाभाविक रूपमा आकर्षक प्रस्तावप्रति सावधान रहन उनले सुझाव दिएकी छन्।
नेपालमा रहँदा लिनले हालैको भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति पनि व्यक्त गरेकी छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement