साउन १,काठमाडौं । काठमाडौं (कास) -नेपाली महिला फुटबल टिमले गोलरहित बराबरीपछि टाइब्रकरमा ४-२ को जित निकाल्दै ढाकामा आइतबार सम्पन्न बंगालादेशविरुद्वको अन्तर्राट्रि मैत्रीपूर्ण खेलको र्शखला जितेको छ ।वीरश्रेष्ठ सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा भएको खेल गोलरहित टुंगिएको थियो।
त्यस पछि उपाधि विजेताको टुंगो लगाउन पेनाल्टी सुटआउट भयो, जसमा सावित्राभण्डारी, हीराकुमारी भुजेल, दीपा शाही र अनिता केशीले गोल गरे पछि नेपालले ४-२को जित हात पा–यो । गोल किपर अन्जना राना मगरको प्रहारमा गोल पोष्ट बाधक बन्यो । तर,उनले सास वुमेन्स च्याम्पियन टिमका मारिया मन्डा र सेइली अजिमको प्रहारलाई रोक्दै नेपालीको जितको आधार तय गरेकी थिइन् । घरेलु टिमका सम्सुनाहर र मोनिका चक्माले प्रहारले मात्रै जाली चुमेको थियो। दुई खेलको शृखलामा यस अघि बिहिबार भएको पहिलो खेल १-१ मा टुंगिएको थियो ।