Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली बीमा बजारकै पृथक पोलिसि ‘अटो प्लस बीमा’

  |      14:50:00   |  
Web : Image
Web : Image

चैत ३१, काठमाडौं । ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने शिखर इन्स्योरेन्सको ‘अटो प्लस बीमा’ नेपाली बीमा बजारकै पृथक पोलिसि हो । शिखर इन्स्योरेन्स कम्पनीले गत मंसिरबाट शुरु गरेको सवारी साधन अतिरिक्त लाभ बीमालेख अन्तर्गतको ‘अटो प्लस बीमा’ कार्यक्रमले छोटो समयमै लोकप्रियता पाएको छ ।
 
‘मोटर बीमा निर्देशिका २०७३’ अनुसार मोटर बीमा पोलिसीले क्षतिको समयमा सवारीधनीलाई पूर्ण राहात दिन नसक्ने, सवारी साधनको क्षति वा चोरी हुँदा बीमाङ्क रकमसम्मको मात्र दाबी पाइने, क्षतिको मूल्याङ्कनमा ह्रासकट्टीबापत रकम काट्ने, गाडी पूर्ण क्षति भएको र अर्को नयाँ सवारी साधन खरिद गर्नु परेमा बीमित आफैंले रकम थप्नुपर्ने र  उक्त गाडी मर्मत नहुञ्जेल वा नयाँ खरिद नगरुञ्जेलसम्म बीमित आफैंले यातायात खर्च ब्यहोर्नुपर्ने जस्ता कुरामा सवारी धनीलाई थप सहजता उपलब्ध गराउन आवश्यक ठानी शिखर इन्स्योरेन्सले अटो प्लस बीमा योजना सुरु गरेको हो । 

बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको ‘अटो प्लस बीमा योजना’अन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडारयातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन् । यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बीमालेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारी साधनका लागि मात्र ‘अटो प्लस बीमा’ पोलिसी खरीद गर्न सकिन्छ । 

जस्तो सवारी साधन क्षति भई पार्टपूर्जाहरु फेर्नुपर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कनअनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ ।
यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनस्र्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपल्ब्ध गराउँछ । 

यसैगरी, यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा÷यातायात खर्च समेत पाउनेछन् । जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्च समेत कम्पनीले उपलब्ध गराउँछ । यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ । 
शिखर अटो प्लस बीमाले मोटर बीमा निर्देशिका २०७३ सहित बीमितहरुका लागि नयाँ आयम थपेका कारण हाल निजी सवारी धनीहरु उत्साहित देखिएका छन् । 

बिगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा रोल मोडलको रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले सुरु गरेको अटोप्लस बीमा योजना नयाँ पोलिसी हो । हाल नेपालमा अन्य बीमा कम्पनीसँग नभएका मौसम सूचकाङ्क बीमा र अटो प्लस बीमा कार्यक्रम शिखरका पछिल्ला पृथक बीमा योजना हुन्। 

यसैबीच, शिखर इन्स्योरेन्समा हुन्डाइका गाडीहरुको बीमा गराउँदै आएको नेपालका लागि होन्डाइका गाडीहरुको आधिकारिक बिक्रेता इन्टरकन्टिनेन्टल प्रालिले पनि नयाँ वर्ष २०७८ साललाई लक्षित गरी ‘हुन्डाइ चढौं अघि बढौं’ अन्तर्गत एक वर्षसम्मको बीमा छुटको योजना ल्याएको छ । उक्त प्रालिले हाल नेपालभर रहेका आफ्ना १३ शोरुम र १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुका लागि विभिन्न सुविधासहित बीमा सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement