Advertisement
Advertisement
Advertisement
Advertisement

आधुनिक चिकित्सा प्रणालीद्धरा नेपालमै पहिलोपटक निस्सन्तानको उपचार सुरु

  |      13:56:00   |  
web image
web image

असार १४, काठमाडौं । आधुनिक चिकित्सा प्रणाली र उच्च सफलता दरका कारण निस्सन्तान उपचारको क्षेत्रमा अब्बल मानिएको वात्सल्य आईभिएफले आधुनिकीकरण र विश्वस्तरीय सेवामा सधैँ जोड दिँदै आएको छ।  

यसै क्रममा वात्सल्यले Hystero-Salpingo-Contrast-Sonography (HyCoSy) र Sperm DNA Fragmentation Index (DFI) जस्ता दुईवटा नयाँ जाँच विधिको शुरुवात गरेको छ, जुन नेपालमै पहिलोपटक हो।Sperm DFI विधिबाट DNA को स्तरमा कति क्षति पुगेको छरछैन जाँच गर्न सकिने र सोहीअनुसार उपचार गरी सफलता हासिल गर्न सकिने र HyCoSy को माध्यमबाट छिटो, छरितो र सुरक्षित रुपमा बिना रेडिएसन गर्भनलीको अवस्था थाहा पाउन सकिने, Ectopic Pregnancy, endometrial polyps, submucosal fibroids, synechiae, hyrosalpinges, अप्राकृतिक डिम्बाशयजस्ता अवस्था पत्ता लगाई उपचार गर्न सकिने भएका कारण निःसन्तान उपचार थप प्रभावकारी हुने बताउँछन् प्रजनन् विशेषज्ञ डा सुमी मुनाकर्मी।

निःसन्तान उपचारका लागि आउने करिब २५-३०% महिलामा गर्भनलीसम्बन्धी समस्या हुने गर्दछ। ल्यापारोस्कोपीलाई यसको पहिचान र निराकरणमा गोल्ड स्ट्याण्डर्ड मानिन्छ तर यसमा सर्जरी आवश्यक पर्ने र महँगो भएका कारण यसलाई अन्तिम विकल्पका रुपमा नै प्रयोग गरिन्छ। गर्भनली बन्द भएको शंका लागेमा वा अज्ञात कारणले गर्भ बस्न नसकेको भएमा पहिलो चरणको निदानमा प्राय: Hysterosalpingography (HSG) को प्रयोग गरिन्थ्यो तर यसमा प्रयोग हुने एक्स-रेको नकारात्मक प्रभाव कम गर्न र छिटोछरितो रुपमा रेडियोलोजिस्टको संलग्नता बिना नै प्रजनन् विशेषज्ञले HyCoSy को प्रयोग गर्न सक्ने भएको कारण अन्तर्राष्ट्रिय रुपमै HyCoSy को प्रयोग बढेको  छ। यसमा स्लाइन र हावाको मिश्रण प्रयोग हुन्छ र अल्ट्रासाउण्डको मद्दतबाट अवस्थाको परीक्षण गरिन्छ। यसको सफलता दर HSG जस्तै छ र उपचारात्मक भूमिका पनि उस्तै छ तर सहजता, छिटो नतिजा, दिर्घकालिन असर कम हुने, छुटै रेडियोलोजिस्टको आवश्यकता नपर्ने र एक्स-रेको प्रयोग नहुने भएको कारण यो विधि प्रयोगमा ल्याइएको हो। 

केही विकसित मुलुकमा HSG को प्रयोग नै बन्द भइसकेको छ, HyCoSy को मात्रै प्रयोग हुन्छ। वात्सल्यले पनि नेपालमा पहिलो पटक यो विधि ल्याएर आफ्नो सेवालाई थप गुणस्तरीय बनाएको छ।

हालका केही अध्ययनले करिब ५०% बाँझोपनका अवस्था पुरुषसँग सम्बन्धित रहेको देखाएको छ। यस्तो अवस्थामा पहिलेदेखि प्रयोग हुँदै आएको Sperm Test ले परीक्षणको सबै दायरा पूरा नगरी सामान्य चाल, संख्या, बनोट आदिको मात्र जानकारी दिने हुँदा बाँझोपनका कारण पूर्ण रुपमा पत्ता लाग्न नसक्ने देखिएको छ। यस असहजतालाई मेट्दै शुक्रकिटको डीएनएसम्मको शूक्ष्म अध्ययनबाट पुरुषको प्रजनन् क्षमताको उचित जानकारी दिन र निषेचन योग्यर अयोग्य शुक्रकिटबीच स्पष्ट फरक छुट्याउन Sperm DFI को प्रयोग हुन थालेको हो। यस विधिबाट शुक्रकिटको डीएनएमा कति क्षति पगेको छ, मापन गर्न सकिन्छ र सोहीअनुरुप थोरै क्षति पुगेको भएमा IUI / IVF  र धेरै क्षति पुगेको भएमा ICSI को प्रयोग गर्न सल्लाह दिन सकिन्छ। यसबाट असफलताको सम्भावना कम हुने र आर्थिक भार र मानसिक तनाव पनि कम हुने सम्भावना बन्छ। यसबाहेक निषेचनको समस्या, भ्रूण विकासमा देखिने समस्या, गर्भ नबस्ने समस्या, गर्भ खेर जाने र अज्ञात कारणले गर्भधारण नहुने समस्याका कारण पनि पत्ता लाग्ने सम्भावना रहन्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement