Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा भूसको आगो झै फैलिँदै कोरोना, संक्रमण दर १०% नजिक

  |      14:04:00   |  
Web : Image
Web : Image

चैत २९, काठमाडौं । नेपालमा कोरोनाको संक्रमण भूसको आगो झै फैलिइन थालेको विज्ञहरुले दाबी गरिरहँदा उपलब्ध तथ्याङ्कहरुले पनि यस्तै संकेत गर्न थालेका छन् । 

केही दिनअघि सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले सामाजिक सञ्जालमा ‘कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगो जस्तै सल्किँदै गएको मान्न सकिन्छ’ भनी लेखेका थिए । उनको स्टाटस झै कोरोना भाइरसको यूके भेरिएन्ट नेपालमा समेत भूसको आगो झै भित्रभित्रै फैलिइरहेको तथ्याङ्कहरुले देखाउन थालेका छन् । 

पछिल्ला केही दिनको कोरोना संक्रमणदरलाई हेर्ने हो भने अवस्था भयावह बन्दै गएको देखिन्छ । 

स्वास्थ्य मन्त्रालयकाअनुसार चैत २० गतेको तुलनामा २८ गतेको संक्रमणदर उच्च देखिएको छ । 

जस्तो, चैत २० गते ३ हजार ५६५ जनाको पीसीआर परीक्षण भएकोमा सो दिन १७९ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । यो भनेको ५.०२ प्रतिशत हो । यो संक्रमणदर चैत २६ गते आइपुग्दा ८.२८ प्रतिशतको उचाईमा पुग्यो । यो दिन४ हजार ६ जनाको पीसीआर टेस्ट गर्दा ३३२ जनामा संक्रमण पुष्टि भयो । 

यो दर चैत २८ गते आएर पुनः बढेको देखिएको छ । यो दिन देशभर ३ हजार ५३२ को पीसीआर परीक्षण हुँदा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भयो । यो भनेको ९.५४ प्रतिशत हो । 

यो बीचको दिनहरुको संक्रमणदर पनि उस्तै छ । जस्तो चैत २१ गते २ हजार ७२७ को पीसीआर परीक्षण गर्दा १२८(४.६९ प्रतिशत)मा, चैत २२ गते ३ हजार ४५६ को परीक्षण गर्दा १७६ जना(५.०९ प्रतिशत), चैत २३ गते ४ हजार ५३६ को परीक्षण गर्दा २६६ मा(५.८६ प्रतिशत), चैत २४ गते ४ हजार २४३ को परीक्षण गर्दा २६०(६.१२ प्रतिशत)मा संक्रमण पुष्टि भएको छ । 

यसैगरी, चैत २५ गते ४ हजार १०० को परीक्षण गर्दा २९८ जना९७।२६ प्रतिशत०मा, २७ गते ४ हजार ७१ को परीक्षण गर्दा २८८(७.०७ प्रतिशत)मा संक्रमण पुष्टि भएको छ । 

विज्ञहरु कुनै पनि भाइरसको संक्रमणदर ५ प्रतिशतभन्दा माथि भयो भने अवस्था जटिल बन्दै गएको ठान्छन् । यसरी हेर्ने हो भने नेपालमा कोरोना भाइरसको दोश्रो चरणले निम्त्याउनसक्ने अवस्था निकै जटिल मात्र होइन, मापदण्डहरु पालना भएन र लापरबाही गरियो भने अवस्था भयावह बन्नसक्ने देखिएको छ । 

छिमेकी भारतमा अहिले एकदिनमै १ लाख ५२ हजारभन्दा बढी संक्रमितहरुको पहिचान हुन थालेको छ । भारतसँग खुल्ला सीमानाका रहेका कारण समेत नेपालमा त्यहाँको संक्रमण सहजै भित्रिएको र भित्रभित्रै फैलिइरहेको अनुमान गर्न गाह्रो छैन । 

हुन त सरकारले भीडभाड हुने क्षेत्रमा पर्याप्त मापदण्डहरु अपनाउन भनिसकेको छ । कोभिड १९ क्राइसिस म्यानेजेमन्ट सेन्टरको बैठकमा तत्कालका लागि ३ सातासम्म स्कूल, कलेज, फिल्महल, जिमहल लगायत बढी भीडभाड हुने क्षेत्र बन्द गर्नुपर्ने विषयमा समेत छलफल सुरु भइसकेको छ । तर, सरकारले ढिलो तयारी गर्दा र नागरिकहरुले पनि स्वास्थ्यका मापदण्ड पालनामा गम्भीर नबन्दा अवस्था नियन्त्रणबाहिर जान थालेको विज्ञहरुले दाबी गर्न थालेका छन् । 

यस्तो बेलामा सरकारको मात्र मुख नहेरी वा निर्णय नपर्खी नागरिक आफैंले सचेत भई स्वास्थ्यका मापदण्ड कडाईपूर्वक पालना गर्नुको विकल्प छैन । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement