बैशाख ३०,काठमाण्डौ । नेपालमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित एकैदिन फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन देशका विभिन्न जिल्लामा ५७ नयाँ संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९१ पुगेको छ । संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि निको भएर फर्किसकेका छन् । निको भएकामध्ये ३ जनामा कोरोना संक्रमण पुनः देखिएपछि उनीहरुको उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा पर्सामा ३९ जना नयाँ संक्रमित भेटिएका छन् ।
यस्तै, कपिलवस्तुमा थप ८, रुपन्देहीमा ९ र बारामा १ जना संक्रमित भेटिएका छन् ।