असार २, काठमाडौँ । नेपालमा विगत २४ घण्टामा थप ३८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६,५९१ पुगेको छ।
तीमध्ये १,१५८ जना निको भएका छन् भने १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।
अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड(१९ पुगेको पुष्टि भएको छ।अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड(१९ भएका व्यक्ति फेला परेका छन्।
सरकारले सोमवार पुष्टि गरेको सङ्क्रमितको सङ्ख्या ४५१ थियो।
त्यसैगरी शनिवार र आइतवार क्रमशस् दुई जनाको मृत्यु तथा २७३ जनामा सङ्क्रमण र एक जनाको मृत्यु र ४२५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।के छ अरू तथ्याङ्करु
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,०५५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या एक लाख १,४३,७३८ हजार नौ पुगेको छ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।अहिले देशभरि १,३१,००९ व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा र त्यसपछि क्रमशस् प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।
अहिले देशभरि २२ वटा प्रयोगशालाबाट कोरोनाभाइरस पुष्टि गर्ने परीक्षण हुने गरेको छ।
बीबीसी