Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा कोरोनाभाइरसको कारण थप १ जनाको मृत्यु , मृतकको सङ्ख्या नौ पुग्यो,

  |      17:15:00   |  
नेपालमा  कोरोनाभाइरसको कारण थप १ जनाको मृत्यु ,  मृतकको सङ्ख्या नौ पुग्यो,

जेठ २१, काठमाडौं ।  त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। ७६ वर्षीय पुरुष अस्पतालको आइसियूमा उपचाररत थिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ।

डा देवकोटाका अनुसार ब्रेन हेमरेज स्ट्रोक भएका ती पुरुष सुरुमा उपचारका लागि काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका थिए। १५ गते स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। 

आइसियूमा उपचारका क्रममा नै उनको निधन भएको डा देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म २३०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ९ सय २४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। 

नेपालमा हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए। 

बुधबार २ सय १ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये २ सय ७८ जना उपचारपछि डिस्चार्ज भएका छन् । मृतकको संख्या ९ पुगेको छ । बुधबार १२ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको हो। 

प्रदेश १ मा ४८, प्रदेश २ मा १ सय ९, बागमतिमा ३१, गण्डकीमा ३, प्रदेश ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार मुलुकभर हाल १ लाख ५५ हजार ८ सय ६८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा संक्रमित भेटिएसँगै संक्रमण फैलिएको जिल्लाको संख्या ६४ पुगेको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement