Advertisement
Advertisement
Advertisement
Advertisement

'नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन सकेन' : मुख्यमन्त्री लालबाबु राउत

  |      18:39:00   |  
Web Image
Web Image

चैत १८, काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन नसकेको स्वीकारेका छन् । बिहीबार आयोजित एक कार्यक्रममा उनले शिक्षा, आर्थिक र राजनीतिमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या ज्यूँकात्यूँ रहन टिप्पणी गरेका हुन् । उनले नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए ।

पितृसत्तात्मक समाजले गर्दा महिला विभेदमा परेको उनले बताए । मुख्यमन्त्री राउतले भने, ‘छोरालाई घुम्ने, खेल्ने छुट दिएको छ’, उनले अघि थप्दै भने, ‘तर, छोरीलाई दायरामा राखिएको छ । यसले समाजमा अभैm महिला उपर विभेद कायमै रहेको प्रष्टयाउँछ । पुरुष प्रधान चस्माबाट हेर्दा समाजमा समस्या निम्तिएको होे ।’

उनले जलवायु परिवर्तनले सबै क्षेत्र प्रभावित भइरहँदा यसबाट महिला अक्षुण्ण नरहेको दावी गरे । बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै यसको निकासी तत्काल रोक्नुपर्ने मुख्यमन्त्री राउतको भनाई छ । उनले बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाएपनि मधेश प्रदेशमा बेरोकटोक निकासी भएको बताए ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य मञ्जु यादवले वैदेशिक रोजगारले समाजमा महिला हिंसा बढेको जिकिर गरिन् । उनले महिलाबाटै महिला पीडित रहेको बताइन् । घरबाटै लैंगिक हिंसाको अन्त्य गर्नुपर्ने धारणा प्रदेशसभा सदस्य यादवले भनिन् ।

त्यस्तै सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले चुनौतीपूर्ण भूमिकामा महिलालाई अगाडि ल्याउनुपर्नेमा जोड दिइन् । महिलालाई सशक्त र बलियो बनाउनको लागि चुनौतीपूर्ण भूमिकामा ल्याउनुपर्ने तर्क उनको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement