Advertisement
Advertisement
Advertisement
Advertisement

निर्भया हत्यामा संलग्न चारैजना दोषीलाई मृत्युदण्ड

  |      14:29:00   |  
निर्भया हत्यामा संलग्न चारैजना दोषीलाई मृत्युदण्ड

चैत ७, काठमाडौँ । (रासस / एएनआई) – सन् २०१२ मा भएको निर्भया हत्याकाण्डका दोषी चारै जनालाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । विगत अढाई महिनादेखि ती चारै जनालाई दिइने फाँसीका बारेमा रहेको अन्यौल पनि मृत्युदण्डसँगै समाप्त भएको छ । 

अभियुक्तहरुले सन् २०१२ मा एक महिलालाई नयाँदिल्लीको सार्वजनिक बसमा साँझ सामूहिक बलात्कार गरी सडक किनारामा फालिदिएका थिए । हत्याका अभियुक्तहरु सबैलाई मृत्युदण्ड दिइनु पर्ने भन्दै नयाँदिल्ली सहित भारतका विभिन्न स्थानमा धर्ना र प्रदर्शन भएका थिए । 

अभियुक्ततर्फका वकील एपी सिंहले अन्तिम सुनुवाईका लागि गरेको आग्रहलाई खारेज गर्दै सर्वोच्च अदालतको बिहीबार अबेर राति बसेको तीन सदस्यीय इजलासले थप सुनुवाई नगर्ने फैसला गरेको थियो ।

पीडितका अभिभावकहरु, आमा आशादेवी र बुबा बद्रीनाथ सिंहले अभियुक्तहरुलाई मृत्युदण्ड दिइएकोप्रति खुशी व्यक्त गर्नु भयो । उहाँहरुले आफ्नी छोरीले आठ वर्षपछि बल्ल न्याय पाएको बताउनुभएको छ । 

दिल्लीको एक अदालतले गत मार्च ५ तारिखमा चारै जना अपराधीहरु अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई तिहाड जेलमा फाँसीको सजाय दिन आदेश दिएको थियो । 

यसअघि अभियुक्त अक्षय ठाकुरले आफूलाई माफी दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर सर्वोच्च अदालतले उनको निवेदनलाई अस्वीकार गरेको थियो । साथै, तल्लो अदालतले पनि फाँसीको सजायलाई बिलम्ब गर्न अस्वीकार गर्दै तोकिएकै मितिमा सजाय दिन आदेश दिएको थियो । त्यसपछि उनीहरुका तर्फबाट बिहीबार साँझ दिल्ली उच्च अदालतमा निवेदन दिइएको थियो । उच्च अदालतले पनि निवेदनमाथि केही गर्न नसक्ने फैसला सुनाएको थियो ।

अन्ततः, अभियुक्तहरुका वकील सर्वोच्च अदालत पुगेर मुद्दामाथि तत्काल सुनुवाई गर्न अनुरोध गरे । तर बिहीबार मध्यराति अर्थात् शुक्रबार बिहान २।३० बजे बसेको सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले उक्त निवेदनलाई खारेज गरिदिएपछि फाँसीको सजाय दिन बाटो खुलेको थियो ।

सर्वोच्च अदालतमा करिब आधा घण्टा सुनुवाई भएको थियो । न्यायाधीशहरु आर बानुमथी, अशोक भुषण र जेएएस बोपानाले अभियुक्तहरुका तर्फबाट दिइएको निवेदन अस्वीकार गर्नु भएको थियो । इजलासले अभियुक्तका वकीलले दिएको निवेदनमा विगतमा विभिन्न अदालत समक्ष प्रस्तुत गरेका उही पुरानै कुरा दोहोरिएको र राष्ट्रपतिबाट माफी पाउनुपर्ने उचित कारण प्रस्तुत हुन नसकेको ठहर गरेको थियो ।   

यी चारै जनाले २३ वर्षीया एक विद्यार्थीलाई डिसेम्बर १६, २०१२ मा दक्षिणी दिल्लीमा गुडिरहेको सार्वजनिक बसमा सामूहिक बलात्कार गरी निर्ममतापूर्वक कुटपिट गरेका थिए । शुरुमा दिल्लीस्थित सफदरजङ अस्पतालमा उपचार गरिए पनि अन्तिममा सिंगापुरस्थित एक अस्पतालमा उपचारकै क्रममा ती विद्यार्थीको निधन भएको थियो ।(रासस्एएनआई)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement