Advertisement
Advertisement
Advertisement
Advertisement

नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइयो

  |      14:48:00   |  
web image
web image

जेठ १७, काठमाडौं । सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो ।

वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने क्रममा नियमित खोप छुटेका ती बालबालिकालाई खोप लगाइएको हो । सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविकाले नियमित खोप छुटेका बालबालिकाको खोजी गरेर खोप लगाएका हुन ।

शिशु जन्मिएसँगै दिइनुपर्ने दादुरा, रुबेला, बिसिजी, टाइफाइटलगायतका १३ वटा खोपमध्ये कुनै एक छुटेको भएसमेत लगाउने व्यवस्था गर्नका लागि सञ्चालन गरिएको यो अभियानमा खोप लगाउन छुटेका सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका बालबालिका रहेका छन् ।

महानगरपालिकाका तीन सय छ बालबालिका यस अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालय चितवनको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । उनका अनुसार राप्ती नगरपालिकाका ८३ जना, इच्छाकामना गाउँपालिकाका १७ जना, खैरहनी नगरपालिकाका १४ जना, रत्ननगर नगरपालिकाका १० जना, माडीका  दुई  जना  बालबालिका  अभियानका  क्रममा खोप  कार्यक्रममा  सहभागी  भएका  हुन ।

सरकारले ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा पुर्याउनका लागि अभियान सञ्चालन गरेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार सरकारले खोज र खोप अभियान सञ्चालन गर्नुअघिनै स्वास्थ्य कार्यालय चितवनले गत माघ महिनाबाट नै खोप लगाउन छुटेका बालबालिका खोज्न थलेको थियो ।  जिल्लामा यस वर्ष ५० हजार नौ सय ३१ बालबालिका पाँच वर्षमुनिका छन् ।

रासस

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement