Advertisement
Advertisement
Advertisement
Advertisement

नियमित काजु खानुका २१ फाइदा, कुन तत्व कति पाइन्छ?

  |      00:00:00   |  
Symbolic Image
Symbolic Image

काठमाडौँ, ३० फागुन । शुक्रबार महँगो ड्राइ फ्रुट हो काजु । निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो ।

थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फूर्ती आउँछ ।

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । काजुमा एक प्रकारको तरल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ । काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छ । यी तत्वले हड्डी तथा दाँत बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

काजु प्रोसेसिङ गर्ने काम पनि निकै कठिन मानिन्छ । सामान्यतया काजुलाई हातले छोडाउनुपर्ने हुनाले लेबर कस्ट ज्यादा पर्छ । त्यसैले पनि काजु महँगो पर्न गएको हो । काँचो काजु चाहिँ नखाँदा बेस मानिन्छ, किनकि काँचो काजुमा उरुसिओल नामको एक किसिमको टक्सिन केमिकल पाइन्छ, जसले शरीरमा पोइजन हुने डर पर्याप्त हुन्छ । 

काजुमा कुन तत्व कति पाइन्छ रु
युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार एक वन्स अर्थात् २८।३५ ग्राम काँचो काजुमा १५७ क्यालोरी पाइन्छ र ८।५६ ग्राम कार्बोहाइडेट, १।६८ ग्राम सुगर, ०।९ ग्राम फाइबर, ५।१७ ग्राम प्रोटिन, १२।४३ ग्राम  चिल्लो पदार्थ, १० मिलिग्राम क्याल्सियम, १।८९ एमजी आइरन, ८३ एमजी म्याग्निसियम, १६८ एमजी फस्फोरस, १८७ एमजी पोटसियम, ३ एमजी सोडियम, १।६४ एमजी जिन्क पाइन्छ । एक वन्स अर्थात् २८ ग्राममा लगभग १८ दाना काजु रहन्छ । साथै काजुमा भिटामिन सी र भिटामिन बी पनि पाइन्छ ।

परिकारमा काजु 
भारतीय भन्सा काजु बिना अधुरो रहन्छ । परापूर्वकालदेखि भारतमा मुग्लाइहरुले खानामा काजु मिसाएर खाँदै आएका छन् । चाहे ग्रेभीमा होस् या बिर्यानीमा, काजुको मात्रा राख्नैपर्ने उनीहरुको नियम थियो, जुन अहिलेसम्म चलिरहेको छ । आधुनिक पकवानमा पनि भन्सामा काजु बिना अधुरो रहन्छ । ह्वाइट ग्रेभीमा होस् या रेड ग्रेभी, ब्राउन ग्रेभी नै किन नहोस् काजु मैसाइएकै हुन्छ । काजुको पेस्ट विभिन्न अन्य साकाहारी सब्जीका परिकारमा पनि हाल्ने गरिन्छ ।

कबाब, मिठाइ, खिर तथा केकमा पनि काजुको मात्रा प्रसस्त मिसाइन्छ । काजुको पेस्टले खानालाई अतिरिक्त स्वाद थप्ने मात्र होइन, मुलायनपन दिनुको साथै स्वादिस्ट पनि बनाउँछ । स्वास्थ्यका हिसाबले पनि काजु निकै उपयोगी हुने हुँदा घरायसी पकवानमा पनि प्रयोग हुन थालेको छ । होटलहरुमा अति विशिष्ट पाहुनाहरुको स्वागतका लागि पनि काजु रोस्ट गरेर टक्र्याउने चलन छ । काजुको बर्फी पनि अति स्वादिस्ट मिठाइमा गणना गरिन्छ । चाइनिज या थाई किचनमा पनि काजुका यावत परिकार बनाइन्छ । स्न्याक्स होस् या मेन कोर्स, फिस होस् या चिकन, काजुको प्रयोग गरिएकै हुन्छ । कुनै खानामा काजुलाई पिरो बनाएर प्रयोग गरिन्छ त कुनैमा माइल्ड हिसाबले मिसाइएको हुन्छ ।

नियमित काजु खानुका फाइदा
– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ । 
– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ । 
– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ । 
– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ । 

– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ । 
– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ । 
– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।
– हड्डी मजबुत गराउँछ । 
– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ । 

– अनुहारको छालामा चमक ल्याउँछ । 
– कुनै साइड इफेक्ट गर्दैन । 
– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ । 
– थकान मेटाउन सहयोग पुर्‍याउँछ ।
– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।

– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।
– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ । 
– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ । 
– कोलेस्टेरोल घटाउन सहयोग पु¥याउँछ । 
– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ । 
– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।  
– तनाव घटाएर थकान हुनबाट बचाउँछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement