Advertisement
Advertisement
Advertisement
Advertisement

नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशु १६ घण्टापछि सकुशल फेला

  |      12:45:00   |  
web image
web image
भदौ १६ , काठमाडौं ।वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशु १६ घण्टापछि सकुशल फेला परेको छ। शिशु चोरी गरेर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो।
प्रहरीले सोमबार बिहान वीरगन्ज महानगरपालिका–१६, इनर्वाबाट नवजात शिशुसहित स्थानीय सबिना खातुनलाई पक्राउ गरेको हो। पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रातभर गरिएको खोजी तथा अनुसन्धानपछि शिशुसहित महिलालाई नियन्त्रणमा लिन सफल भएको हो।
सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्। अस्पतालमा रहेका बेला एक अपरिचित महिलाले बच्चा खेलाउने भन्दै शिशु मागेपछि परिवारले विश्वास गरेर उनलाई बच्चा दिएका थिए।
तर, केहीबेरमै ती महिला शिशु लिएर अस्पतालबाट बेपत्ता भएकी थिइन्। घटना थाहा पाएलगत्तै परिवारले प्रहरीलाई खबर गरेको थियो।
त्यसपछि प्रहरीले अस्पताल परिसर तथा सम्भावित स्थानमा रातभर खोजी र अनुसन्धान तीव्र बनाएको थियो। करिब १६ घण्टापछि इनर्वाबाट शिशुसहित खातुन पक्राउ परेकी हुन्।
शिशु सकुशल फेला परेपछि परिवारले राहतको सास फेरेको छ। पक्राउ परेकी खातुन र नवजात शिशुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ।
शिशु चोरी गर्नुको कारण तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement