Advertisement
Advertisement
Advertisement
Advertisement

नाबालकसँग यौन सम्पर्क गरेमा वयस्क महिलामाथि मुद्दा चलाउने निर्णय

  |      11:50:00   |  
नाबालकसँग यौन सम्पर्क गरेमा वयस्क महिलामाथि मुद्दा चलाउने निर्णय

वैशाख १, काठमाडौं । वयस्क महिलाले १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग यौन सम्पर्क राखेमा मुद्दा चलाउने निर्णय गरिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिले सो निर्णय गरेर त्यस्ता घटनामा वयस्क महिलाविरुद्ध मुद्दा अगाडी बढाउन सबै सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बालकलाई बलात्कारको मुद्दा चलाउने गरिन्थ्यो ।

मुलुकी अपराध संहित–०७५ र बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार महान्यायाधिवक्ताको कार्यालयले त्यस्तो निर्णय गरेको हो । निर्णय अनुसार १८ वर्ष पुगेकी युवतीले नाबालकसँग जबर्जस्ती करणी गरेमा उनीबिरुद्ध यौन दुरुपयोगको मुद्दा लाग्छ । महान्यायाधिवक्ताको कार्यालयको सो निर्णयसँग केटाले मात्रै बलात्कार गर्छन् भन्ने मान्यतामा ट्वीस्ट आएको छ ।

‘बालक र बालिका उपर पनि यौन दुरुपयोग गरेको उजुरी परेमा बयस्क महिला उपर मुद्दा चलाउने’ महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितीको निर्णयमा भनिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले अब अपराधको ठाउँमा कसुर र अपराधीको ठाउँमा कसूरदार शब्दावली प्रयोग गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, व्यक्तिबीचको ठगी मुद्दामा मिलापत्र गराउने निर्णय गरिएको छ । 

साभार : रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement