Advertisement
Advertisement
Advertisement
Advertisement

नानीको स्वास्थ्य ख्याल गर्नू, हाम्लाई ठीकै छ

  |      11:27:00   |  
नानीको स्वास्थ्य ख्याल गर्नू, हाम्लाई ठीकै छ

►तारानाथ आचार्य
’चैत १७, बलेवा । कोभिड–१९ पुष्टि भएकी बागलुङकी युवतीका घरमा आईतवार बिहान परिवारका सबै सदस्य व्यस्त थिए ।  युवतीकी फुपू बाहिर ड्रमबाट पानी झिक्दै हुनुहन्थ्यो । हजुरबा, हजुरआमा, बाबा र फुपूका छोराछोरी घरभित्रै थिए । उहाँका छिमेकी आआफ्ना काममा व्यस्त थिए । कोही खेतमा काम गर्दै थिए त कोही छतमा घाम तापेर बस्दै थिए । बाहिर मिडिया र सामाजिक सञ्जालमा आएजस्तो कुनै त्रास त्यहाँ थिएन । सबै आफ्नै धुनमा व्यस्त देखिन्थे । 
एकैछिनमा नगरपालिकाले पठाएको दमकल पुग्यो । युवतीमा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि छापा गाउँ बढी प्रभावित भन्दै दमकल कीटनाशक औषधि भरेर त्यहाँ पुगेको थियो । दमकल पुग्दा सबैले ‘पहिला प्रभावित घरलाई सुरक्षित बनाउनुपर्छ’ भन्दै त्यहाँ पुगेका स्वास्थ्यकर्मी दिनेश जिसीलाई सल्लाह दिए । जिसी बागलुङ नगरपालिकाका हेल्थ असिस्टेन्ट तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम टिमका ’फोकल पर्सन’ पनि हुनुहुन्छ ।
आफ्ना तीन सहकर्मीसहित त्यहाँ पुग्नुभएका स्वास्थ्यकर्मी जिसीले छिमेकीको सल्लाह मान्नुभयो । फुपूलाई भित्र बस्न भन्नुभयो र चोकमा दमकल राखेर संक्रमित युवती बसेको घरसहित वरपर कीटनाशक औषधि छर्किन लगाउनुभयो । छिमेकी घरको छतमा बसेर दमकलबाट निस्केको ‘डिस्इन्फेक्सन स्प्रे’को फोहरा रमाइलो मानेर हेरिरहेका थिए । एकैछिनमा जिसीले माइकबाट छिमेकीसहित सबैैलाई भित्र बस्न अनुरोध गर्नुभयो । उहाँ  भन्दै हुनुहुन्थ्यो, ‘हामी तपाईँहरुको सुरक्षा लागि काम गरिरहेका छाँै ,हजुरहरु घरभित्रै वसेर सहयोग गर्नुहोस् ।’ 
दमकलले संक्रमितको घर मात्रै होइन, छापा गाउँभरी तीन हजार लिटर ‘डिस्इन्फेक्सन स्प्रे’ क्षणभरमा छर्केर सक्यो । स्थानीय अगुवा सोकेन्द्र थापा, जगन्नाथ सापकोटालगायतले त्यसको अगुवाइ गर्नुभयो । प्रहरी बिटका प्रमुख कमल बस्याल पनि दमकल टोलीलाई सहयोग गर्न साथमै हुनुहुन्थ्यो । 
दमकमलले स्प्रे सकेपछि सेल्फ क्वारेन्टाइनमा रहेर दूरी कायम गर्दै जम्मा भएका स्थानीयवासीले एकै स्वरमा भने, ‘पहिला त नानीको स्वास्थ्य राम्रो होस्, हाम्रो यही कामना छ ।’ उनीहरुले थप्दै गए, ‘त्यसपछि परिवार सुरक्षित हुनुप¥यो । हामी त आफैँ पनि ध्यान दिइरहेका छौँ ।’ उनीहरुमा त्रासभन्दा पनि बढी युवती र उनका परिवारलाई केही भइहाल्छ कि भन्नेमा बढी चिन्ता थियो । युवतीका परिवार सबै सामान्य अवस्थामा नै थिए, न रुघाखोकी लागेको थियो, न त श्वासप्रश्वासमा कुनै समस्या नै । अहिलेसम्म परिवारका कुनै पनि सदस्यलाई ज्वरो पनि नआएको युवतीकी फुपूले बताउनुभयो । 
त्यहाँ कसैमा पनि कुनै चिन्ता देखिएन, सबै आआफँै सुरक्षित भएर काम गरिरहेका थिए । खेतबारीमा काममा नगएकाहरु भने परिवारसँगै लकडाउनलाई पालना गरिरहेका थिए । ‘हामी सेल्फ क्वारेन्टाइनमा छाँै, अगुवा सोकेन्द्र भन्दै हुनुहुन्थ्यो, चिन्ता गर्नुपर्ने केही छैन । बाहिर मिडियामा आएजस्तो बिग्रेको पनि केही छैन ।’ त्यतिबेला फोकलपर्सन जिसी भने लकडाउनलाई पालना गरेर मात्रै कोरोना भाइरसको संक्रमणलाई जित्न सकिने कुरा सम्झाउँदै हुनुहुन्थ्यो स्थानीयवासीलाई । सिंगो कुडुँलेभर नै डिस्इन्फेक्सन स्प्रे छर्केर सुरक्षाको अनुभूति दिन स्थानीयवासीले माग गरे । छिमेकी रीता शर्माले भन्नुभयो, ‘पहिला नानीको स्वास्थ्यको ख्याल गर्नुहोस्, अनि हामीलाई सुरक्षित बनाउनुहोस् ।’
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement