Advertisement
Advertisement
Advertisement
Advertisement

नयाँ ३२३ सङ्क्रमण पुष्टि, थप एकको मृत्यु, कुल सङ्क्रमित ४०८५

  |      16:45:00   |  
नयाँ ३२३ सङ्क्रमण पुष्टि, थप एकको मृत्यु, कुल सङ्क्रमित  ४०८५

जेठ २७, काठमाडौँ । नेपालमा सोमवार ३१४ जना नयाँ सङ्क्रमित थपिएका छन्।

स्याङ्जा जिल्लामा थप एकको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोभिड( १९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या १४ पुगेको छ।

त्यसैगरी नेपालमा सोमवारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ३,७६२ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पुष्टि गरेका हुन्।

सङ्क्रमण देशका ७७ मध्ये ७१ जिल्लामा फैलिसकेको जानकारी पनि मन्त्रालयले दिएको छ।सोमवार पीसीआरबाट ४,७६६ को परीक्षण गरिएको र आरडीटीबाट ११,९४२ जनाको परीक्षण गरिएको प्रवक्ता गौतमले जनाए।

त्यसैगरी हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट ४८८ जना निको भएको बताइएको छ।

बढ्दो सङ्क्रमण
हिजो आइतवार २१३ जना नयाँ सङ्क्रमित थपिएका थिए।

त्यसैगरी शनिवार ३२३ जनामा सङ्क्रमण पाइएको थियो।मन्त्रालयले बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्या ३३४ जनामा र शुक्रवार २७८ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो।

पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ७ जना महिला र १६७ जना पुरुष गरी कुल १७४ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको वीरगञ्जस्थित हाम्री सम्वाददाता माधुरी महतोले जनाएकी छन्।तथ्याङ्क अनुसार अनुसार सप्तरी जिल्लामा १६ जना, महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १२० जना, रौतहट जिल्लामा ११ जना, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

चितवनबाट हाम्रा सम्वाददाता ईश्वर जोशीले जनाए अनुसार त्यहाँ निजी अस्पतालमा काम गर्ने दुई चिकित्सक सहित २३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्टले सङ्क्रमण पुष्टि गरेको जोशीले बताएका छन्।
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement