Advertisement
Advertisement
Advertisement
Advertisement

नयाँ वर्षको सङ्कल्प: त्यसमा लागिपरिरहने उपायहरू यी हुन्

  |      15:17:00   |  
वेब तस्विर
वेब तस्विर

 पुस  १७, काडमाडौं । अधिकांश सङ्कल्प विफल हुन्छन् तर तपाईँ त्यसमा नपर्न पनि सक्नुहुन्छ ।आज सन् २०१९ को पहिलो दिन। आजदेखि नयाँ वर्ष शुरु भयो। र हामी धेरैले नयाँ वर्षमा यो गर्छु, उ गर्छु भनेर सङ्कल्प लिने दिन। नयाँ लक्ष र आफूमा रहेका कमी कमजोरी सुधार्नेबारे सङ्कल्प गरेर नयाँ शुरुवात गर्ने दिन। त्यो आफू स्वस्थ्य बन्ने भन्ने वा पैसा बचाउने भन्नेबारे हुनसक्छ। अथवा तपाईँलाई नयाँ सोख शुरु गर्न मन छ या कुनै कुरा पूर्ण रुपमा छोड्न मन छरु त्यो पनि हुन सक्छ। यो वर्षको सङ्कल्प जे भएपनि एउटा चिजबिना तपाईँ ती केही पनि पुरा गर्न सक्नुहुन्न( त्यो हो उत्प्रेरणा। स्क्र्यान्टन विश्वविद्यालयका लागि गरेको अध्ययनमा आधारित भएर स्ट्याटिस्टिक ब्रेन भन्ने संस्थाले तयार पारेको तथ्याङ्क अनुसार जम्माजम्मी ८ प्रतिशतले मात्रै नयाँ वर्षको सङ्कल्प पुरा गरेका थिए। तर सङ्कल्प पुरा नगर्नेमा तपाईँ नै पर्नुहुन्छ भन्ने होइन।

 

यी पाँचवटा उपाय अपनाउनुभयो भने तपाईँ असफल हुनबाट बच्नुहुनेछ। शुभकामना। सानोबाट शुरु गर्नुहोस अस्पष्ट योजनाहरू धेरैजसो विफल हुन्छ न्पुरा हुन सक्ने लक्ष्य राखेमा सफल हुने सम्भावना बढी हुन्छ। समस्या के पनि हो भने हामी धेरैजसो ठूल्ठूला लक्ष लिन्छौँ। ूहामीलाई लाग्छ हामी नयाँ वर्षमा पूर्ण रुपमा अर्कै मान्छे हुन्छौँ भन्ने झूटो अनुमान गर्छौं, मनोविद रेचल वाइन्सटिनले भनिन्।

सानोबाट शुरु गरेर बढी कठिन सङ्कल्पतिर जान सकिन्छ। उदाहरणका लागि दौडिनका लागि आवश्यक जुत्ता किन्नोस् र म्याराथनमा जानु अघि स साना दौडहरू गर्नुस्। अथवा तपाईँलाई खाना बनाउन मन लाग्छ भने भान्छामा हप्ताको एकपटक एक छाकको खाना बनाएर आफ्नो दक्षता बढाउन सक्नुहुन्छ। छिटै पूरा हुने लक्ष राख्ने भनेको होइन की दूरगामी परिणामका लागि आफ्ना सङ्कल्पहरू कसरी पुरा गर्ने भन्ने महत्त्वपूर्ण हो। वाइन्सटिन भन्छिन् वास्तविकतामा सानो कुरा लामो समयसम्म गर्दै जाँदा परिवर्तन हुँदै जान्छ।ू

 

साना तर यथार्थवादी सङ्कल्पलाई बढाउँदै लगेर कठीन सङ्कल्प पुरा गर्न तर्फ लाग्न सकिन्छ ।हामी कार्यान्वयन योजना नबनाइकनै लक्ष्य निर्धारण गर्छौं। तर योजना कसरी कार्यान्वयन गर्ने भन्ने विस्तृत खाका बनाउनु महत्वपूर्ण छ। अक्सफोर्ड विश्वविद्यालयका प्रोफेशर नील लेभी भन्छन्स् म जीम अझ बढी जान्छु भन्ने सङ्कल्प भन्दा, म मंगलवार दिउसो र शनिवार बिहान जीम जान्छु भन्ने सङ्कल्प बढता कार्यान्वयनमा आउन सक्छ। निश्चित योजना र गर्न सकिने लक्ष राख्यो भने काम गर्ने मनसायको कुरा मात्र नभएर त्यो कसरी कार्यान्वयन गर्ने भन्ने पनि निश्चित हुन पुग्छ। यी सामान्य उपायले नयाँ वर्षमा तपाईँलाई स्वस्थ रहन सघाउनेछन्

 

यात्राले तपाईँको स्वास्थ्य राम्रो बनाउन सक्छस् ६ फाइदा सहयोगको खोजी गर्नुस आफूजस्तै सङ्कल्प भएका अरू साथी भेट्टाउन सकेमा पनि तपाईँलाई काम गरिरहने प्रेरणा मिल्न सक्छ। त्यो भनेको साथीसँगै कुनै विषयको कक्षामा सहभागी हुनु वा तपाईँको सङ्कल्प अरुलाई थाहा दिनु पनि हुन सक्छ।


इच्छाशक्तिले मात्रै पुग्दैन यदि अरूलाई पनि आफ्नो कुरा भन्यौं भने त्यसप्रति बढ्ता प्रतिबद्ध पनि हुन सकिन्छ। वार्विक विश्विद्यालयका दार्शनिक डा। जन माइकल प्रतिबद्धता व्यक्त गर्ने र पुरा गर्ने क्रममा देखा पर्ने सामाजिक तत्वहरूबारे अध्ययन गर्छन्। उनी भन्छन्, अरु मानिहरूलाई पनि असर पार्ने किसिमको प्रतिबद्धता छ भने त्यो हामीलाई महत्वपूर्ण लाग्न सक्छ किनभने ूहामी सङ्कल्प पुरा नभए अरुलाई समस्या पर्नेछ भन्ने सोच्छौं।ू त्यसैले सङ्कल्प पुरा गर्न वा थप सहयोग लिन अरु मानिसलाई सहभागी बनाउँदा आफ्नो लक्ष प्राप्त गर्न सहयोग पुग्न सक्छ।

विफलताबाट पाठ सिक्ने यदि सङ्कल्प पुरा गर्न कठीन भइरहेको छ भने केही समय लिएर समीक्षा गर्नुपर्‍यो। के अवरोधहरू सामना गर्नुपर्‍योरु कस्ता रणनीतिहरू सबभन्दा प्रभावकारी रहेरु कुन कम प्रभावकारी रहेरु


के गर्ने, कहाँ गर्ने, र कहिले गर्ने रु भन्नेबारे राम्ररी सोच्नुहोस्य थार्थवादी बन्ने प्रयत्न गर्नुस र सानै भएपनि सफलता प्राप्त भए खुशी हुनुस्। पुरानै सङ्कल्पमा दृढ रहने हो भने आफ्नो इच्छाशक्ति बलियो बनाउन अरु कुनै उपाय पो अपनाउने हो कीरु दैनिक जीवनका केही कुराहरूमा साधारण फेरबदल गर्दा पनि सही दिशामा जान सहयोग मिल्न सक्छ।

यदि स्वस्थ्यकर खानेकुरा खाने संकल्प छ भने स्वस्थ्यकर कुरा खानुस्।आफ्ना सङ्कल्प सार्वजनिक गरेपनि त्यसले पुरा गर्न प्रोत्साहन दिन सक्छ नराम्रो तेलको सट्टा राम्रो केक र चीप्सको सट्टा तरकारी र जुस खान सकिन्छ। दीर्घकालीन लक्षसँग आफ्ना सङ्कल्प जोड्नुस डा एनी स्वीनबोर्न भन्छिन्, अन्योलपूर्ण आकांक्षाहरू पाल्नुभन्दा राम्रो संकल्पहरू तपाईँका आफ्ना दीर्घकालीन योजनासँग जोड्नुहोस।

 

आफ्नो दैनिक जीवनमा केही परिवर्तन गर्नुहोस्खे लमा कहिल्यै कुनै रुची छैन भने राम्रो धावक बन्छु भन्ने सङ्कल्प लिँदैमा पुरा नहुन सक्छ। उनी भन्छिन्, जसले इच्छाशक्तिमा मात्र भर पर्छन् उनीहरू धेरैजसो विफल हुन्छन्।ू आफूलाई रुचि भएका क्षेत्रमा त्यसैले आफूलाई रुचि भएको वा रोमाञ्चक कुनै सङ्कल्प छन् भने पहिलो दिनदेखि नै विस्तृत योजना बनाएर लागिहाल्नुहोला। अगाडि बढ्दा अवरोधहरू आउन सक्छन् तीसँग जुझ्न सहयोग लिन डर नमान्नुहोला।

 बि.बि.सि खबर

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement