Advertisement
Advertisement
Advertisement
Advertisement

धूप बाट्नेले राहत पाएपछि

  |      11:34:00   |  
धूप बाट्नेले राहत पाएपछि

पेमा लामा

चैत २०,   बनेपा । “ धूप बाट्ने काम गरेर घर खर्च चलाउँदै आएका थियौँ, घरमै गर्न मिल्ने काम भएपनि सामान नपाएर काम भएको थिएन । वडा कार्यालयबाट राहत मिल्यो । केहीे दिन गुजारा चल्ने भयो ।” वडा कार्यालयले बोलाएरै राहत दिएपछि पनौती नगरपालिका–७ कोलाँछेका चनु घुल्लुमा बेग्लै खुशी छ । दैनिक काम गरेर गुजारा चलाउने घुल्लुको काम लकडाउनका कारण कागज र कपास नपाएपछि प्रभावित भएकोे थियो । उक्त कामबाट कमाएको मासिक रु छ÷सात हजारले घर खर्च चलाउँदै आएका उहाँले राहत बुझेपछि भन्नुभयो, “यति राहतले चार÷पाँच दिनलाई भए पनि पुग्नेभयो, खुशी लाग्यो हाम्रो समस्यालाई बुझेर वडा कार्यालयको तर्फबाट राहत पाइयो ।”

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन गरेपछि काम गर्न नपाएका निम्न आयस्तर भएका मजदुर, किसान र अशक्तलाई काभ्रेको पनौती नगरपालिका–७ ले राहत बाँडेपछि उनीहरु खुशी नहुने कुरै भएन । सोही ठाउँका स्थानीय बासिन्दा विज्येश्वरी श्रेष्ठले आफूहरुले गर्दै आएको धूप बाट्ने काम बन्द भएपछि घर खर्च चलाउन समस्या भएका बेला नगरपालिका सारथी बनेकोे बताउनुभयो । “खेती किसानी काम केही छैन, त्यही कामबाट नै घर खर्च चलाउने हो”, उहाँले भन्नुभयो, “त्यो पनि बन्द भएपछि अहिले हामी त्यत्तिकै बस्नेबाहेक अरु विकल्प छैन ।”

पालिकाले वडा नं। ७ बाट शुरु गरेको राहत वितरण कार्यक्रमअन्तर्गत सो वडाका वडाध्यक्ष रामचन्द्र नास्नानीको नेतृत्वमा रातह वितरण गरिएको हो । उहाँले निम्न आयस्तर भएका परिवार, एकल र असहाय व्यक्तिको पहिचान गरी राहत वितरण गरिएको बताउनुभयो । वडा सदस्य पुरुषोत्तम कर्माचार्यका अनुसार वडाका १०५ परिवार, एकल र असहायलाई चामल, दाल, खानेतेल, नुन, चिनीलगायतका खाद्यन्न वितरण भएको छ । रोजगार गरी खानेहरु  लकडाउनका कारण काम बन्द भएपछि केही भए पनि सहयोग पु¥याउने गरी राहत वितरण गरेको कर्माचार्यले बताउनुभयो । मङ्गलबार बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले खाद्यान्न वितरण गर्ने निर्णय गरेअनुरुप बुधबार त्यसरी वितरण भएको हो ।
बनेपा नगरपालिका–७ ले पनि बुधबार नै वडाभित्रका १०० विपन्न परिवारलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ । वडाध्यक्ष वर्ष शाक्यको नेतृत्वमा सो राहत वितरण गरिएको हो ।
यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ, बनेपा नगर कमिटीले दैनिक ज्यालादारी मजदुरी गरिखाने परिवारलाई केही भए पनि राहत पु¥याउने उद्देश्यले २० परिवारलाई खाद्यान्न सहयोग गरेको छ । समितिका नगर इञ्चार्ज राजन अधिकारीका अनुसार दैनिक ज्यालादारी गरेर खानेहरु लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएपछि विभिन्न सङ्घसंस्थाको सहयोगमा एक बोरा चामल, दाल, नुन, तेल र साकुन वितरण गरेको इञ्चार्ज अधिकारीले बताउनुभयो ।

बन्दका कारण दैनिक ज्यालादारी खाने मजदुरलाई हातमुख जोर्नै समस्या भएको भन्ने कुरा सुन्नमा आएपछि सामाजिक सञ्चालमार्फत आह्वान गरेपछि त्यहाँ आएको प्रतिक्रियाका आधारमा उहाँहरुको नाम, सम्पर्क नम्बर र कस्तो खालको समस्या हो, त्यसबारेमा यथार्थ बुझेर बुधबार इलाका प्रहरी कार्यालय बनेपाको अनुमतिमा प्रहरी प्रशासनकै रोहवरमा वितरण गरेको उहाँले बताउनुभयो ।

प्राप्त राहतले धेरै सहयोग पुग्ने बनेपा नगरपाकिला–६ बुडोल बस्दै आउनुभएका तेमाल गाउँपालिका–५ गिम्दीका अशक्त पूर्ण तामाङले बताउनुभयो । चार वर्ष अगाडि वैदेशिह रोजगारको सिलसिलामा मलेशियामा रहँदा गाडीको ठक्करबाट घाइते भई हाल अशक्त अवस्थामा रहेका तामाङ श्रीमतीको हेरचाहमा जीवन बिताउँदै आउनुभएको छ । ह्वीलचियरको माध्यमबाट यताउता गर्न सक्ने तामाङ श्रीमतीको थाङका लेखन पेशाबाट गुजारा चलाउँदै आएकामा कोरोना भाइरसको कारण चीनसँगको व्यापार ठप्प भएपछि खर्च जुटाउन मुस्किल भएको बताउनुभयो । “यस्तो समस्याको बेलामा हामीलाई सहयोग गर्नुभएकोमा धन्यवाद ।” खुशी हुँदै पूर्णले भन्नुभयो, “कमाउन सक्ने अवस्थामा नभएकाले बन्दको बेलामा साथ पाउँदा निकै खुशी छु ।”

बसपार्क नजिकै रहेको सैलुनमा काम गर्ने कामदार भारत बिहार घर भएका मजदुर अरुणकुमार ठाकुरले काम नभएपछि देनिक गुजारा चलाउनै गाह्रो भएको उहाँले बताउनुभयो । मासिक रु १० हजार जति कमाउने गरेको बताउने उहाँले राहत पाएपछि धेरै राहत मिल्ने उहाँले भनाइ छ ।
रोशीका कर्मचारीको सहयोग

सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रोशी गाउँपालिकामा कार्यरत कर्मचारीको तलबबाट कट्टा गरी  रु एक लाख ८८ हजार १२० जम्मा गरिएको छ । गाउँपालिकाले सो रकम बुधबार कोषको खातामा जम्मा गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिनुभयो ।

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement