Advertisement
Advertisement
Advertisement
Advertisement

धरानमा डेङ्गुबाट मृत्यु हुनेको संख्या आठ पुग्यो, संक्रमितको संख्या २३०० नाघ्यो

  |      17:58:00   |  
web image
web image

साउन १४, काठमाडौं । प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा  २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएकोबताए ।

उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् ।

संक्रमण बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ । बीपीमा डेङ्गुका लागि छुट्टै क्लिनिक  पनि सञ्चालन गरिएको छ ।

डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए ।  धरानमा २४० वटै टोल विकास संस्थालाई  डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement