साउन ११, काठमाडौं । साउन महिनाको दोस्रो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ। भगवान् शिवको पूजा–आराधना गर्न श्रद्धालुहरू रातिदेखि नै लाइनमा बसेका थिए।
पशुपतिनाथ क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ भने दर्शनार्थीलाई सहज रूपमा पूजाअर्चना गर्न विभिन्न व्यवस्थापन गरिएको जनाइएको छ। साउन महिनाका सोमबारहरू हिन्दू धर्मावलम्बीका लागि विशेष महत्त्व राख्ने भएकाले देशका विभिन्न मन्दिरमा भक्तजनको उपस्थिति बढ्ने गर्दछ।