Advertisement
Advertisement
Advertisement
Advertisement

देवानगञ्ज घटनापछि मन्त्री मेहताको स्थलगत अनुगमन, राहत र क्षतिपूर्तिको प्रतिबद्धता

  |      11:59:00   |  
देवानगञ्ज घटनापछि मन्त्री मेहताको स्थलगत अनुगमन, राहत र क्षतिपूर्तिको प्रतिबद्धता

साउन १९ , काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीमा आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गर्दै पीडितलाई राहत, पुनर्स्थापना र क्षतिपूर्ति दिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
गोलीकाण्डपछि उत्पन्न विवाद र आन्दोलनबाट भएको क्षतिको अवस्थाबारे बुझ्न मन्त्री मेहताले देवानगञ्ज महानगरपालिका–३, कप्तानगञ्ज पुगेर अनुगमन गरेकी हुन्। उनले प्रभावित घरपरिवार, व्यवसायी, प्रत्यक्षदर्शी तथा स्थानीयसँग भेटघाट गर्दै क्षतिको यथार्थ विवरण लिएकी छन्।
अनुगमनको पहिलो दिन टोलीले कोसी कटान क्षेत्र, फुलचोकस्थित ब्रदर हार्डवेयर, भोक्राहा–चिरौली चोकमा रहेको बेचन सहको पान पसल तथा बुमिङ पसल, साथै इनरुवा–४ मा रहेको हैदर मन्सुरीको मोटरसाइकल ग्यारेज लगायतका स्थानको निरीक्षण गरेको थियो। त्यहाँ भएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण संकलन गर्दै पीडितसँग प्रत्यक्ष छलफल गरिएको थियो।
दोस्रो र तेस्रो दिन हरिनगर नगरपालिकाको घुस्की र गौतमपुर क्षेत्रमा रहेका धार्मिक संस्था तथा अन्य सार्वजनिक–निजी सम्पत्तिमा भएको क्षतिको पनि अनुगमन गरिएको छ। मन्त्री मेहताले पीडितका समस्या सम्बन्धित निकायमा उठाउने र आवश्यक सहयोग सुनिश्चित गर्ने बताएकी छन्।
यसैबीच, देवानगञ्ज गोलीकाण्डपछि लागू गरिएको कर्फ्यू हटाउँदै प्रशासनले निषेधाज्ञा केही क्षेत्रमा सीमित गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पाँच दिन लगाइएको कर्फ्यू हटाइएको छ भने देवानगञ्ज र हरिनगर नगरपालिकामा मात्रै साँझ ५ बजेसम्म निषेधाज्ञा कायम राखिएको छ।
यसअघि इटहरी पाक्लीदेखि कोशी ब्यारेजसम्मको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा अन्य गतिविधिमा रोक लगाउँदै कर्फ्यू जारी गरिएको थियो। हाल अधिकांश क्षेत्रबाट प्रतिबन्ध हटाइएको प्रशासनले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement