साउन ११ , काठमाडौ । सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गहिरो दुःख व्यक्त गरेकी छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिन् ।
मन्त्री मेहताले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिएकी छन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ उनले सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरी अवस्था नियन्त्रणमा लिन तथा उपचार व्यवस्थापन सुनिश्चित गर्न पहल गरिएको बताएकी छिन् ।
संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै मन्त्री मेहताले अपुष्ट सूचना र अफवाहमा विश्वास नगर्न सबै नागरिकसँग आग्रह गरिन् । साथै, सामाजिक सद्भाव र आपसी भाइचारामा असर पर्ने गतिविधिबाट टाढा रहन अपिल गर्दै शान्ति र संयमता कायम राख्न जोड दिएकी छिन् ।
उनले घटनाको निष्पक्ष छानबिन भई सत्यतथ्य छिट्टै सार्वजनिक हुने विश्वास व्यक्त गर्दै यस कठिन घडीमा सबै पक्षले धैर्य, जिम्मेवारी र सहिष्णुताका साथ प्रस्तुत हुनुपर्ने उल्लेख गरेकी छिन् ।