Advertisement
Advertisement
Advertisement
Advertisement

दुई मिनेट मात्रै रिसाउँदा पनि शरीरमा के हुन्छ ?

  |      14:49:00   |  
दुई मिनेट मात्रै रिसाउँदा पनि शरीरमा के हुन्छ ?

माघ ८, काठमाडौं । रिस एक प्राकृतिक प्रतिक्रिया हो, जसले हामीलाई केही ठीक छैन भनेर बताउँछ । कोही मानिसको स्वभाव यस्तो हुन्छ कि उनीहरू धेरै छिट्टै रिसाउँछन् भने कोही मानिस रिसलाई नियन्त्रण गर्छन् । तर जब अत्यधिक रिस अनुभव हुन्छ, यो स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ ।

रिस यस्तो भावना हो जसले व्यक्तिलाई मानसिक र शारीरिक रूपमा असर गर्न सक्छ । केवल दुई मिनेटको रिसले पनि शरीरलाई हानि पुर्‍याउन सक्छ ।
न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार रिसले हाम्रो शरीर र दिमागमा ठूलो प्रभाव पार्छ । अत्यधिक रिसले शरीरभरि, हृदय प्रणालीदेखि स्नायु प्रणालीमा प्रभाव पार्न सक्छ । जसकारण हाम्रो शरीरका तीन प्रमुख अङ्गहरू मुटु, मस्तिष्क र आन्द्रा धेरै हदसम्म प्रभावित हुन्छन् ।
मुटुको चाल अनियमित हुन्छ
रिसले शरीरमा तनाव हर्मोनहरू निष्कासन गर्छ । जसले मुटुको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ । रिसले मुटुको चालमा परिवर्तन निम्त्याउँछ, जसले रगत पम्प गर्ने मांसपेशीहरूको क्षमतालाई कमजोर बनाउँछ, जसले उच्च रक्तचाप र पछि हृदयरोग, हृदयघात, स्ट्रोकको जोखिम बढाउँछ ।

पाचन प्रक्रियालाई असर

रिसले हाम्रो पाचन प्रणालीमा पनि धेरै नराम्रो असर गर्छ । रिसको समयमा, पाचन प्रणालीको काम प्रभावित हुन्छ । यसले पेटसम्बन्धी समस्या जस्तै अपच, कब्जियत र अल्सर निम्त्याउन सक्छ ।

ह्याप्पी हर्मोन कम हुन्छ

जब कोही व्यक्ति रिसाउँछ उसको शरीरमा डोपामाइन जस्तो ह्याप्पी हर्मोन कम हुन्छ र शरीरमा तनाव हर्मोन ‘कोर्टिसोल’को स्तर द्रुत रूपमा बढ्छ । केवल दुई मिनेटको रिसले शरीरमा कोर्टिसोलको स्तर अर्को सात घण्टासम्म उच्च रहन्छ । यसले मानसिक स्वास्थ्यको साथै शारीरिक स्वास्थ्यलाई पनि असर गर्छ र चिन्ता र बेचैनी बढाउँछ ।

कोषिकामा असर

रिसाएपछि शरीरको कोषिका पुनरुत्थान प्रक्रिया सात घण्टाको लागि सुस्त हुन्छ । यसले छाला र शरीरको मर्मत प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्छ । रिसले छालाको हिलिङ प्रक्रियालाई असर गर्न सक्छ र चोटपटक वा छालासम्बन्धी समस्या निको हुन समय लाग्न सक्छ ।
प्रतिरक्षा प्रणाली कमजोर हुन्छ

रिस उठेपछि सात घण्टासम्म प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यसको मतलब शरीर संक्रमण र रोगसँग लड्न कमजोर भएको हो । जसकारण सजिलै रुघाखोकी र अन्य रोग लाग्ने सम्भावना बढ्छ ।

निद्रामा प्रभाव

रिसले निद्राको चक्रलाई पनि असर गर्छ । दुई मिनेट मात्रैको रिसले निद्राको चक्रलाई अर्को २४ घण्टाको लागि असर गर्न सक्छ । जब निद्रा प्रभावित हुन्छ, भोलिपल्ट थकान, चिडचिडापन र ध्यान केन्द्रित गर्न नसक्ने समस्या महसुस हुनसक्छ ।

रिसको प्रभावले रक्तचाप बढ्छ

जब कोही व्यक्त सानो कुरामा पनि छिटो प्रतिक्रिया दिन्छ, रिसाउँछ तब बिस्तारै शरीरमा रगतको प्रभाव बढ्न थाल्छ ।  जसले पछि उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ ।

सम्बन्धमा पनि असर पर्छ

रिसले व्यक्तिगत जीवनलाई पनि असर गर्छ । रिसले आमाबाबु, बच्चा र जीवनसाथीसँगको सम्बन्ध प्रभावित हुनसक्छ । यदि रिस व्यवहारमा प्रकट हुन्छ भने यसले पारिवारिक वा व्यावसायिक जीवनलाई प्रभाव पार्न सक्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement