Advertisement
Advertisement
Advertisement
Advertisement

दुःख पाएका नागरिकलाई घर फर्काइँदै

  |      11:14:00   |  
दुःख पाएका नागरिकलाई घर फर्काइँदै
वैशाख १७, सङ्खुवासभा । लामो समयदेखि देश लकडाउन भएपछि समस्यामा परेका आफ्ना नागरिकलाई सङ्खुवासभाका स्थानीय तहले घर फर्काउन शुरु गरेका छन् । कोरोना भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गरेको लामो समय बितिसक्दा पनि लकडाउन खुल्ने कुनै सङ्केत नदेखिएपछि खान र बस्न सङ्कटमा परेका उनीहरूलाई गृह जिल्ला फर्काउन पहल गरिएको हो । 
 
आफ्ना क्षेत्रका नेता र स्थानीय तहलाई दवाव दिन थालेकाले आ–आफ्ना नागरिकलाई गृह जिल्ला फर्काउने पहल शुरु गरिएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिनुभयो । नगरप्रमुख राईका अनुसार लामो समयको लकडाउनका कारण अन्य जिल्लामा समस्याग्रस्त अवस्थामा रहेका पाँचखपनबासीको लगत सङ्कलन भइरहेको छ । जुन ठाउँमा रहेका छन् सकेसम्म उक्त ठाउँमै राहतको व्यवस्था मिलाउन आवश्यक छलफल भइरहेको समेत नगरप्रमुख राईले जानकारी दिनुभयो । 
 
सङ्खुवासभाबाट विभिन्न पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा काठमाडौँमा बस्दै आएका नागरिकहरुले जनजीवन दिनप्रतिदिन कष्टकर बनेको भन्दै आफूहरुलाई घर फर्कने व्यवस्था मिलाइदिन अनुरोध गर्दै आएका छन् । सम्बन्धित निकायसँगको समन्वयमा पूर्ण सचेतनाका साथ उनीहरुलाई घर फर्काउन पहल शुरु गरिएको काँग्रेस नेता तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले जानकारी दिनुभयो । जिल्लाका २५० भन्दा बढी नागरिकलाई तीन दिन अघि गाडी रिजर्भ गरेर राज्यमन्त्रीकै आर्थिक सहयोगमा सङ्खुवासभा ल्याउने काम भएकोसमेत नगरप्रमुख राईले जानकारी दिनुभयो ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement