web image
भदौ १८ , काठमाडौं । ‘सेलिब्रिटी म्यानेजर दिशा सालियनको मृत्यु प्रकरणमा बम्बई उच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई०बाट विस्तृत अनुसन्धान आवश्यक रहेको ठहर गरेको छ।
सन् २०२० जुन ८ मा भएको सालियनको मृत्युका घटनाक्रममा ‘धेरै गम्भीर विसंगति’ देखिएको भन्दै अदालतले सीबीआईलाई प्रथम सूचना रिपोर्ट ९एफआईआर० दर्ता गरी घटनाको गहिरो अनुसन्धान गर्न निर्देशन दिएको हो।
अदालतले अनुसन्धानका क्रममा पर्याप्त आधार र प्रमाण नभएसम्म कुनै व्यक्तिलाई अभियुक्तका रूपमा नाम उल्लेख नगर्नसमेत स्पष्ट गरेको छ। यससँगै घटनासँग सम्बन्धित विभिन्न पक्षको निष्पक्ष र विस्तृत रूपमा अनुसन्धान गर्न सीबीआईलाई बाटो खुलेको छ।
सालियनको मृत्यु लामो समयदेखि विवाद र विभिन्न आरोपका कारण चर्चामा रहँदै आएको थियो। पछिल्लो अदालतको आदेशपछि यो प्रकरणमा नयाँ अनुसन्धान अघि बढ्ने भएको छ।
Share this with your friends: