Advertisement
Advertisement
Advertisement
Advertisement

दिल्लीका २,५०० महिलालाई लक्ष्मी योजनाको स्वीकृति, भदौ १६ देखि मासिक २,५०० रुपैयाँ

  |      16:18:00   |  
web image
web image

भदौ १० , काठमाडौं । दिल्लीमा करिब २,५०० महिलाले बुधबार ‘लक्ष्मी योजना’अन्तर्गत स्वीकृति पत्र पाएका छन्। यससँगै उनीहरूले आगामी सेप्टेम्बर १ देखि मासिक २,५०० भारतीय रुपैयाँ आर्थिक सहायता पाउने भएका छन्।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले तालकटोरा रंगशालामा आयोजित कार्यक्रममा स्वीकृति पत्र वितरण गरेकी हुन्। उनले महिलालाई सरकारका योजना तथा कार्यक्रमको केन्द्रमा राखिएको बताउँदै आर्थिक सुरक्षाका लागि यस्तो सहयोग महत्वपूर्ण रहेको बताइन्।

सरकारी तथ्यांकअनुसार हालसम्म ९ लाख १३ हजार ४९५ जनाले योजनाका लागि दर्ता गरेका छन्। त्यसमध्ये ६ लाख ५२ हजार २२३ जनाले आवेदन पूरा गरी बुझाएका छन्। योग्य महिलाको बैंक खातामा हरेक महिना २,५०० रुपैयाँ सिधै जम्मा गरिनेछ।

योजनाअन्तर्गत लाभग्राहीले १,००० रुपैयाँ डिजिटल मुद्राका रूपमा प्राप्त गरी बाँकी १,५०० रुपैयाँ मुद्दती वा आवधिक निक्षेपमा राख्न सक्नेछन्। उनीहरूले चाहेको अवस्थामा पूरा २,५०० रुपैयाँ नै निक्षेप खातामा राख्न पनि सक्ने व्यवस्था गरिएको छ।

२१ देखि ६० वर्षसम्मका योग्य महिलालाई लक्षित योजनामा तीनभन्दा बढी सन्तान भएका परिवारका महिला तथा वार्षिक विद्युत् खपत २,४०० युनिटभन्दा बढी भएका घरपरिवारका महिलालाई भने समावेश गरिएको छैन।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement