Advertisement
Advertisement
Advertisement
Advertisement

थाहा छ ? विश्वका एकतिहाई मानिस शौचालय गएपछि हात धुँदैनन्
सेलिब्रेटीदेखि डाक्टरसम्म हात धुँदैनन्, कारण रोचक छ

  |      15:06:00   |  
थाहा छ ? विश्वका एकतिहाई मानिस शौचालय गएपछि हात धुँदैनन्

बैशाख २१, काठमाण्डौ । कोरोनाभाइरसबाट बच्ने उपायहरुमध्ये एक हो नियमित हात धुनु । तर तपाई यो जानेर आश्चर्यमा पर्नुहुनेछ कि विश्वको कुल जनसंख्याको ठूलो हिस्सा नियमित रुपमा हात धुने गर्दैन । यहाँसम्म कि अधिकांश मानिसहरु शौचालय गएपछि साबुनपानीले हातसम्म धुने गर्दैनन् । 


अमेरिकी न्युुज च्यानल फक्स न्युुजका प्रस्तोता पिट हेगसेथ आफ्नो विवादित अभिब्यक्तिका कारण सधैजसो चर्चाको केन्द्रमा रहने गर्छन । यस्तैमा हेगसेथले गत वर्ष “मैले पछिल्लो दश वर्षमा हात धोएको मलाई सम्झना छैन” भन्ने अभिव्यक्ति दिएर हंगामा मच्चाएका थिए । उनको यो अभिव्यक्तिले सबैको ध्यान खिचेको थियो । कतिपयले उनको यो अभिव्यक्तिले आफूहरुलाई घिन लागेको बताएका थिए । कतिपयले त एक दशकसम्म हात नधँुदा हातमा कस्तो असर पर्छ भनेर लेख नै लेखेका थिए । 

यस्तो अभिव्यक्ति दिने हेगसेथ एक्ला सेलिब्रेटी भने होइनन् । सन् २०१५ मा अमेरिकी अभिनेत्री जेनिफर लरेन्सले आफू बाथरुममा गएपछि कहिल्यै हात नधुुने बताएकी थिइन् । उनको यस्तो बयानले त्यतिबेला निकै हंगामा मच्चाएको थियो । त्यही वर्ष अमेरिकी रिपब्लीकन पार्टीका उत्तरी क्यालोरिना राज्यका एकजना सिनेटरले रेष्टुराँमा काम गर्ने कामदारहरुलाई पटक पटक हात धुन दवाब दिनु नियमको गलत दुरुपयोग भएको बताएका थिए । 


दश वर्षको अवधिमा पक्कै पनि हात नधुनेको संख्यामा कमी आएको हुनसक्छ । जो मानिस शौचालय गएपछि नियमित रुपमा हात धुन्छन्, उनीहरुले आफ्ना वरिपरि मानिसहरुले शौचालय गएपछि हात नधुएको देखेका पनि हुुन सक्छन् । सन् २०१५ मा भएको एक अध्ययनका अनुसार विश्वका करिब २६।२ प्रतिशत मानिस दिशा गरेपछि हात धुने गर्दैनन् । 

लन्डन स्कुल अफ हाइजेनिक एण्ड ट्रपिकल मेडिसिनका विशेषज्ञ रोबर्ट अंगर भन्छन्, “शौचालय गएपछि हात नधुनु एउटा आम बानी हो । म तपाइहरुलाई बताइदिउ कि हामी पच्चीस वर्षदेखि मानिसहरुलाई हात धुनु पर्छ भनेर प्रेरित गरिरहेका छौ । अहिले पनि यो नियमको पालना गर्ने मानिसहरु एकदमै कम रहेका छन् । यसको सबैभन्दा ठूलो कारण विश्वका अधिकांश मानिसहरुसँग हात धुन आवश्यक पर्ने साबुन, पानी जस्ता सुविधाहरु नहुनु रहेको छ । विश्वका सबैभन्दा कम विकसित देशहरुका २७ प्रतिशत मानिसहरुसँग यस्ता सुविधाहरु छैनन् । विश्व स्वास्थ्य संगठन र युुनिसेफले विश्वका करिब तीन अरब मानिसहरुसँग हात धुने सुविधा नरहेको अनुमान लगाएका छन् । तर हात नधुनु जस्तो अस्वस्थ र खराब बानीको सम्बन्ध केवल सेवाहरुको उपलब्धतासँग मात्रै जोडिएको छैन । 

विश्वका करिब आधा प्रतिशत जनसंख्या मात्रै शौचालय गएपछि हात धुुने गर्दछन् । यस्तो तथ्य थाहा पाएपछि तपाइ कोरोना अन्त्य भएपछि पनि हात मिलाउनुुको साटो स्थायी रुपमा नमस्कार गर्नु हुनेछ । यी आँकडाहरुले तपाइलाई अझै अचम्भित पार्ने छ जब तपाइले मानव इतिहासमा हात धुनुको आविष्कारले मानव जातिलाई बचाउन अहम भूमिका खेलेको तथ्य थाहा पाउनुहुन्छ । जस्तै अहिले विश्वका कयौं देश जस्तै बेलायतका जनताको औसत उमेर ८० वर्ष रहेको छ । जबकि सन् १८५० मा बेलायतको औसत उमेर ४० वर्ष हुने गर्दथ्यो । यो त्यही समय थियो, जब हात धुने बानीबारे प्रचार गर्न सुरु गरिएको थियो । 


सन् २००६ मा गरिएको एक अध्ययन अनुसार यदि नियमित रुपमा हात धुने गरिए ६० प्रतिशत स्वासप्रस्वास सम्बन्धी ४४ प्रतिशत रोगहरु ६ प्रतिशतमा झर्ने गर्दछ । अहिले विश्वभर कोरोना संक्रमण फैलिएपछि वैज्ञानिकहरुले नियमित रुपमा हात धुने बानी परेका देशहरुमा अन्य देशमा भन्दा न्युुन संक्रमण देखिएको बताएका छन् । आखिर के कारणले हामीमध्ये कयौं हात धुनका लागि महंगो पर्ने सेनिटाइजर पनि किन्न पछि पर्र्दैनौ  त्यस्तै अर्काथरी केही यस्ता मानिसहरु पनि छन्,  जसलाई सामान्य साबुन पानीले पनि हात धुन मुश्किल पर्ने गर्दछ । 

हात नधुँदा कोरोना संक्रमण फैलन्छ र टिभीको रिमोटमा पनि दिशाका किटाणुहरु रहन सक्छन् भन्ने थाहा पाउँदा पनि केही मानिसहरु आफ्नो यो फोहारी बानीलाई कसरी छुटाउन सक्छन रु यस्तो लाग्छ कि हात नधुने बानी केवल अल्छीपनसँग मात्रै जोडिएको छैन । यो मानिसहरुमा रहेको अति आत्मविश्वासी सोचमा निर्भर हुने गर्दछ । 

फेरि उनीहरुलाई कुन बानीव्यहोराले घिन सिर्जना गर्न सक्छ । अन्य केही मनोवैज्ञानिक कारणहरु पनि छन्, जसले  मानिसहरुलाई सरसफाइमा ध्यान दिन र फोहोरी बानी त्याग्न बनाउने गर्दछ । 

अति आत्मविश्वासी बन्नबाट बच्ने 
अति आत्मविश्वासी बन्नुु हात नधुने बानी पछाडिको कारण हो । धेरैजसो मानिसहरुले आफूलाई केही पनि हँुुदैन भन्ने सोच पालेर बसेका हुुन्छन् । उनीहरु आफू कहिल्यै बिरामी हुुनुपर्दैन भनेर सोच्ने गर्दछन् । यस्तै आत्मविश्वासका कारण मानिसहरु धुम्रपान गर्ने गर्दछन् । 

मास्क र सामाजिक दुुरी पनि कायम नराख्ने चेष्टा गर्ने गर्दछन् । सन् २००९ मा स्वाइन फ्लुु फैलँदा एक विश्व विद्यालयमा गरिएको अध्ययनमा त्यहाँका अधिकांश विद्यार्थीहरुले आफूहरुलाई फ्लुुले असर नगर्ने भन्दै हात धुुने नगरेको बताएका थिए । नर्स र डाक्टरहरुमा पनि अक्सर यो बानी देखिने गरेको छ । 

सामाजिक सरोकारको भूमिका पनि अहम्
धेरैजसो देशहरुको संस्कृतिमा पनि हात धुने बानीलाई लिएर नियमित जागरुकताको अलग अलग प्रभाव देख्न सकिन्छ । 

फ्रान्समा ६३ देशका ६४ हजार मानिसहरुमा गरिएको एक अध्ययनमा सहभागी चीन, जापान, दक्षिणकोरीया र नेदरल्याण्डका आधाभन्दा कम मानिसहरुले आफूहरुले नियमित रुपमा हात धुने गरेको बताए । जब कि साउदी अरबका ९७ प्रतिशत मानिसहरुले शौचालय गएपछि नियमित रुपमा हात धुने गरेका छन् । महिला र पुुरुषमा पनि यस्तो बानीलाई लिएर फरक अवस्था देखिएको छ । पुरुषको तुलनामा महिलाहरु सरसफाइमा बढी ध्यान दिने गरेका छन् । 

तार्किक भर्सेस प्रयोगात्मक सोंच 
अस्वस्थ बानीव्यहोरा र सरसफाई पछाडिको मनोविज्ञानलाई बुुझ्नुु यसकारण पनि आवश्यक पर्छ कि यसमाथि लाखौं जिन्दगीहरु निर्भर रहेका हुुन्छन् । धेरैजसो स्वास्थ्यकर्मीहरुमा पनि हात नधुने बानी रहेको हुन्छ । जब कि उनीहरुलाई आफ्नो यस्तो बानीले संक्रमण फैलन सक्छ भन्ने ज्ञान राम्रोसँग हुुन्छ । यस्तो थाहा पाउँदा पनि उनीहरु हात धुुनबाट पन्छिन खोज्छन् । यसको पछाडि अर्को एक कारण पनि हुुनसक्छ र त्यो हो आफ्नो कर्तव्य प्रतिको इमान्दारिता । 

ब्राजिलमा आफ्नो कामप्रति जिम्मेवार हुने मानिसहरुले आफूहरु नियमित रुपमा हात धुुने गरेको बताएका छन् । सरसफाइप्रति मानिसहरुलाई प्ररित गर्न अर्को उपाय पनि महत्वपूर्ण बन्न सक्छ । र, त्यो हो घृणा । फोहोरी र अस्वस्थ बानीव्यहोरो अपनाउने मानिसहरुलाई घृणा गर्दा उनीहरुमा सरसफाइप्रति प्ररित गर्न सकिन्छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement