Advertisement
Advertisement
Advertisement
Advertisement

थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या१५६७ पुग्यो

  |      16:47:00   |  
थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या१५६७ पुग्यो

जेठ १८, काठमाण्डौ । पछिल्लो समय देशभर थप १६६ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५६७ पुगेको छ । यीमध्ये १४५० जना पुरुष र ११७ महिला रहेका छन् । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार पछिल्लो पटक थपिएका १६६ मध्ये १६२ पुरुष र ४ महिला रहेका छन् । 

पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये एकजना तनहुँको रिसिंगका र स्यांग्जाको गल्यांगका २ जनामा संक्रमण भेटिएको हो । 

यस्तै, नारायणी अस्पतालमा भएको परीक्षणका क्रममा ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु पर्सा पटेर्वा सुगौलीका क्वारेन्टाइनमा रहेका पुरुष हुन् । 

यस्तै, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण भेटिएको छ । तीमध्ये १३ जना कालीकोट सुगाकालिकाका, यस्तै मगई गाउँपालिकाका ५ जना, दैलखेका दुल्लुका एकजना, नारायण नपाका ९ जना, दैलेखकै सिम्दाका १ पुरुष, देवलकाण्डका ५ जना पुरुष, दैलेखकै रातापानीका १ जना, साँधुका १ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै, बाजुरामा पहिलोपटक संक्रमण भेटिएको छ । त्यहाँका एक पुरुषमा समेत संक्रमण पुष्टि भएको हो । 

सुर्खेतस्थित प्रादेशिक अस्पताल तथा पशुपंक्षी अन्वेषण केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये सल्यान कुपिण्डेका २५ जना पुरुष र सुर्खेतको बराहतालका एकजना ४ महिने नाबालिका रहेका छन् । 

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुको शिवराजका एक पुरुषमा संक्रमण देखिएको छ । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । ती बाँकेको नरैनापुरका २ जना पुरुष, खजुराका एकजना पुरुष, नेपालगञ्जका ४ जना पुरुष तथा बाँकेको वैजनाथका एकजना पुरुष रहेका छन् । 

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनामा संक्रमण देखिएको छ । ती सबै सप्तरीको राजगढका पुरुषहरु हुन् । 

सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको स्वाब रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु कैलालीको भजनीका एकजना, जानकी गाउँपालिका एक, त्रिनगर क्वारेन्टाइनका एकजना, बाजुरा अस्पतालमा रहेका २ वर्षीय बालिका र २३ वर्षीया महिला रहेका छन् ।

विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जना नयाँ संक्रमितको पहिचान भएको छ । उनीहरुमध्ये ४ जना झापाको गौरीगञ्जका पुरुष हुन् भने एकजना विराटनगरकी ४५ वर्षीया महिला हुन् । 

काठमाण्डौको टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

धनुषाको मुखियापट्टि क्वारेन्टाइनमा बस्दै आएका १९ जना, कपिलवस्तुको महाराजगञ्जका ४, रौतहटको क्वरेन्टाइनमा रहेका २९ जनामा संक्रमण भेटिएको हो । रौतहटको क्वारेन्टाइनमा बसेका ४ वर्ष, ९ वर्ष  १२ वर्षका बालकमा समेत संक्रमण पुष्टि भएको हो । 

सर्लाहीका १० जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एकजना एक वर्षका बालक पनि छन् । 

यसैबीच, आइतबार भरतपुर अस्पतालबाट एक संक्रमित ठीक भएर डिस्चार्ज भएकी छिन् । उनी मकवानपुरको हेटौडाकी २५ वर्षीया महिला हुन् । योसहित अब डिस्चार्ज हुनेको संख्या २२० पुगेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement