फागुन १२, काठमाडौं । अहिले हरेक कुराले मानिस डिप्रेसनमा पर्न थालेका छन्। प्रेम सम्बन्धले गर्दा होस् या कामका कुराले होस् मानिस टेन्सन र डिप्रेसनमा निक्कै पर्न थालेका छन् । यसबाट मुक्त हुन जो कोहो चाहन्छन् ।
पुदीना एउटा यस्तो औषधी हो जसले धेरै रोगको उपचार गर्छ । यसले खाना पचाउन सहयोग पुर्याउँछ । तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ। स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यदि श्वासको दुर्गन्ध छ भने पनि यसको सेवनले हटाउन मद्दत गर्दछ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ।