Advertisement
Advertisement
Advertisement
Advertisement

डिप्रेसन के हो ? कसरी बच्ने ?

  |      14:03:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १, काठमाडौ । करिब ३० वर्षका एक मानिस कार्यालय जाने तयारी गर्दैथिए। उनले भान्छाकोठामा प्याज राख्ने ठाउँबाट खसेको ‘एक्लो’ प्याज देखे । त्यो प्याज उनले टिपे तर राख्ने ‘उचित’ ठाउँ भेटेनन् । जता राख्दा पनि अशोभनीय लागेपछि उनले त्यसलाई कोटको खल्तीमा राखे र कार्यालय गए। कार्यालयभर उनको दिमागमा त्यो प्याज कहाँ राख्ने होला भन्ने घुमिरह्यो। घर फर्किएपछि पनि उनले त्यस प्याजलाई राख्ने सुहाउँदिलो ठाउँ पाएनन्। जसका कारण त्यो प्याज उनको कोटको खल्तीमा एक वर्षसम्म बसिरह्यो। उनी ससुराली जाँदा होस् या कार्यालय उनको साथमा त्यो प्याज साथ लागिरह्यो । भेटिएका हरेक मानिसलाई प्याज कहाँ राखौँ भनेर प्रश्न गरिरहे। अति भएपछि परिवारले उनलाई मनोविश्लेषक कहाँ पुर्‍याए । त्यहाँ पनि उनले सुरुमै सोधे, ‘यो प्याज कहाँ राखौँ रु’ जवाफमा मनोचिकित्सकले भने, ‘यो भनेको प्याज सामान्य कुरा हो । जहाँ राखे पनि हुन्छ।’ भन्न त भने तर सम्झाउन भने सकेनन् । झण्डै छ महिनापछि मात्र उनलाई ‘एब्स्ट्रक्याट बन्न पुगेको प्याज’लाई सामान्य लाग्न थाल्यो। यो कुनै बनावटी कथा होइन, मनोविश्लेषक बासु आचर्यको अनुभव हो।

माथिको घटनाले प्रस्ट पार्छ, डिप्रेसन अर्थात् अवसादका लागि कुनै ठूलो घटना चाहिँदैन । मान्छेलाई विथोल्न प्याजजस्ता साना कुरा नै पर्याप्त हुन सक्छ। खुसीका बेला हामी खुसी हुन सक्तैनौँ वा गम्भीर परिस्थितिमा गम्भीर बन्न सक्दैनौँ भने सर्तक हुन जरुरी छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ३५ करोड मानिस डिप्रेसनका सिकार छन् । जसमा तीन चौथाई बढी नेपालजस्ता विकाशोन्मुख देशका छन् । छिमेकी राष्ट्र भारतमा मात्रै करिब पाँच करोड डिप्रेसनका बिरामी रहेको तथ्यांक छ। संगठनका अनुसार प्रत्येक वर्ष १० लाखको हाराहारीमा डिप्रेसनका बिरामीले आत्महत्या गर्ने गर्छन् । नेपालमा पनि गएको वर्ष ४ हजार ६ सय ६७ जनाले आत्महत्या गरेको तथ्यांक नेपाल प्रहरीले सार्वजनिक गरेको थियो, जसको ८० प्रतिशत कारण डिप्रेसन देखियो।

 

हिजोआज प्रविधिको बढ्दो उपयोगले मानिस एक्लिन थालेका छन् । यसका कारण पनि धेरै मानिस डिप्रेसनमा पर्ने गरेका छन् । खोजकर्ताहरु एक्लोपनले शरीरमा के असर पार्दोरहेछ र मानिस डिप्रेसनमा पर्दोरहेछ भनेर अनुसन्धान गरिरहेका छन् । त्यसो त सन् २००६ मा स्तन क्यान्सर भएका २८ सय महिलामाझ गरिएको अध्ययनअनुसार तुलनात्मक रुपमा जो व्यक्ति परिवारका सदस्यसँग टाढा छन्, एक्लै बस्न रुचाउँछन् उनीहरुमा डिप्रेसन देखियो । डिप्रेसन हुने महिलामध्ये मृत्यु अँगाल्नेको संभावना पाँच गुणा बढी रहेको पनि अध्ययनमा देखाइएको छ।

 

डिप्रेसनका लक्षण

रुन मन लाग्ने, निराश हुने, एक्लै बस्न रुचाउने, झर्को लाग्ने, दिक्क मान्ने, बोल्न मन नलाग्ने, छटपटी हुने, हातखुट्टा झमझम गर्ने, पैताला पोल्ने, तालु पोल्ने, मुख सुक्ने, आत्मग्लानि हुने, नकारात्मक सोचाइ, निद्रा कम पर्ने, खानामा रुचि नहुने, आफूलाई निकम्मा सम्झने, मर्न पाए हुन्थ्यो भन्ने, बारम्बार रुने, शंका लाग्ने, कानमा आवाज आएको अनुभूति हुने लगाएतका लक्षण देखिने गर्छन् । कतिलाई भने जो मानिस देख्यो उही पागलजस्तो लाग्ने हुन्छ भने कतिलाई आफूलाई मानसिक समस्या छ जस्तो अनुभूति हुन्छ । मनोविश्लेषक आचार्यका अनुसार कतिपय मानिस आफैँ डिप्रेसनमा गएँ कि भन्दै उपचार गर्न आइपुगेका पनि छन्। भर्खरै मात्रै गुगलले नौ प्रश्न सोधेर डिप्रेसन छ या छैन पत्ता लगाउने एप्लिकेसन तयार पारेको छ । यस एप्लिकेसन नेपालमा प्रयोगमा भने आइसकेको छैन । अमेरिकीहरुमाझ प्रयोगका लागि यो तयार पारिएको हो।

 

डिप्रेसनबाट बच्ने उपाय

डिप्रेसनको अवस्थामा मनमा एउटै कुरा घुमाइरहनु हुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ । कुनै नराम्रो अनुभव मनमा लिइरहँदा मस्तिष्कमा समेत असर पुर्‍याउँछ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने । मन भुलाउने प्रयत्न गर्नुपर्छ । त्यस्तै निन्द्रालाई नियमित राख्ने, स्वस्थ खाना समयमै खाने, तनाव सबैलाई हुन्छ तर यसलाई कसरी कम गर्न  सकिन्छ त्यसबारे सोच्ने, आफूले जति सकिन्छ त्यति नै महत्वाकांक्षा राख्ने, परिवारसँग बस्ने, आफ्नो काममा व्यस्त र मस्त रहने गर्नुपर्ने आचार्य बताउँछन्।

 

डिप्रेसनले फाइदा 

कतिपय मानिसले भने डिप्रेसनको पनि भरपूर फाइदा उठाउने गरेका छन् । चर्चित रेस्लर डेभेन जोन्सन उर्फ द रक भन्छन्, ‘म डिप्रेसनका कारण रेस्लर बनेँ । २० वर्षको छँदा अमेरिकी फुटबल टिम क्यालगरी स्ट्याम्पेडर्सको तर्फबाट फुटबल खेल्थेँ । मलाई टिमबाट निकालियो र म डिप्रेसनको सिकार बन्न पुगेँ।’ फुटबल टिमबाट ननिकालिएको भए उनी डिप्रेसनमा पर्ने थिएनन्। त्यस्तो नभएको भए उनी  रेस्लर पनि हुने थिएनन्। त्यसैले कतिपय अवस्थामा द रकलाई जस्तो डिप्रेसन फाइदाजनक पनि हुन सक्छ तर त्यसलाई सदुपयोग भने गर्न सक्नुपर्ने विज्ञहरुको सुझाव छ। 

नागरीक खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement