Advertisement
Advertisement
Advertisement
Advertisement

टोंगामा लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अस्ट्रेलियाको २ करोड डलर लगानी

  |      12:08:00   |  
web image
web image

भदौ ९ , काठमाडौं । अस्ट्रेलिया सरकारले टोंगामा लैङ्गिक समानता, महिला सशक्तीकरण, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न तीन वर्षका लागि २ करोड अस्ट्रेलियन डलर लगानी गर्ने भएको छ।
अस्ट्रेलियाकी लैङ्गिक समानतासम्बन्धी राजदूत मिसेल ओ’बर्नले शुक्रबार टोंगाको राजधानी नुकुआलोफामा उक्त लगानीको घोषणा गरेकी हुन्। टोंगाको पहिलो भ्रमणका क्रममा उनले आन्तरिक मामिलामन्त्री फाने फितुआफेसँग भाभाउ र टोंगाटापुमा आयोजित महिला नेतृत्व तथा सहभागितासम्बन्धी कार्यक्रममा सहभागिता जनाएकी थिइन्।
अस्ट्रेलियाको यो लगानी टोंगा सरकारका लैङ्गिक समानता तथा समावेशीकरणसम्बन्धी राष्ट्रिय प्राथमिकता कार्यान्वयनमा सहयोग गर्ने उद्देश्यले गरिएको हो। यसअन्तर्गत सरकारी निकाय र नागरिक समाज संस्थाको क्षमता अभिवृद्धि गर्दै महिला, बालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायलाई हिंसा, विभेद र सामाजिक बहिष्करणबाट संरक्षण गर्न गुणस्तरीय तथा पीडितमैत्री सेवा विस्तार गरिनेछ।
कार्यक्रमअन्तर्गत टोंगाको आन्तरिक मामिला मन्त्रालयसँगको सहकार्य विस्तार गरी महिला सशक्तीकरण तथा लैङ्गिक समानतासम्बन्धी नीति र अपाङ्गता समावेशी विकास नीति कार्यान्वयनमा सहयोग गरिनेछ। साथै, परिवारभित्र हुने हिंसा रोकथाम तथा पीडितलाई सहयोग गर्ने ‘हिंसामुक्त परिवार’ अभियानलाई निरन्तरता दिइनेछ।
अस्ट्रेलियाले महिला तथा बालबालिका संकट केन्द्रसँगको सहकार्य पनि विस्तार गर्ने भएको छ। यसबाट हिंसा पीडितको संरक्षण, परामर्श, पैरवी तथा हिंसा रोकथामसम्बन्धी सेवा थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। अपाङ्गता भएका व्यक्तिका संस्थासहित नागरिक समाजका संस्थालाई महिला सशक्तीकरण, अपाङ्गता अधिकार र सामाजिक समावेशीकरणका क्षेत्रमा काम गर्न पनि सहयोग गरिनेछ।
यो लगानी टोंगा सरकारले हालै अघि बढाएका विभिन्न लैङ्गिक समानता तथा समावेशीकरणसम्बन्धी पहलपछि आएको हो। सन् २०२६ मार्चमा महिला सशक्तीकरण तथा लैङ्गिक समानतासम्बन्धी तेस्रो नीति सार्वजनिक गरिएको थियो भने सन् २०२५ अगस्टमा राष्ट्रिय अपाङ्गता समावेशी विकास नीति ल्याइएको थियो।
त्यस्तै, जुलाई २०२६ मा टोंगामा आयोजना गरिएको राष्ट्रिय महिला सम्मेलनमा देशभरका ५ हजारभन्दा बढी महिलाले सहभागिता जनाएका थिए। उक्त सम्मेलनलाई टोंगामा महिलासँग गरिएको अहिलेसम्मकै ठूलो परामर्शका रूपमा लिइएको छ।
अस्ट्रेलियाले टोंगाको सरकार, नागरिक समाज र समुदायसँग सहकार्य गर्दै स्थानीय प्राथमिकतामा आधारित विकासलाई अघि बढाउने जनाएको छ। यस लगानीले महिला तथा बालिकाको नेतृत्व र सहभागिता बढाउनुका साथै हिंसा तथा विभेदबाट प्रभावित समुदायको अधिकार र सामाजिक समावेशीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement