साउन ३, काठमाडौं । पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिवादेखि फिदिम आँउदै गरेको प्रदेश ०१००१ स ८७०५ नम्बरको टेम्पो दुर्घटनामा पर्दा ५५ वर्षीया हरिमाया तुम्रोकको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्युु भएको हो ।
कार्यालय पाँचथरका अनुसार सिवाबाट फिदिमतर्फ आँउदै गरेको टेम्पो बुधबार बिहान साढे ९ फिदिम नगरपालिका १ समर्पित अस्पताल नजिकै दुर्घटना भएकोे थियो ।