पुष १५, काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाएका हुन् । गुरुङ समुदायहरु आफ्नो संस्कृति झल्काउने पोशाकसहित र्याली गरेर सांस्कृतिक कार्यक्रममा सहभागी हुन टुँडिखेल पुगेका थिए।
गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् ।
गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ ।