साउन १६, काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आंशिक सेयर बिक्री गरेको छ। यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले संयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।
टिम भेन्चर्स ऊर्जा, प्रविधि, घर–जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारीजस्ता नाफामूलक क्षेत्रमा विधिधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनी हो। फुडमाण्डुमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बीअन्तर्गतको संस्थागत लगानी गरेको थियो।
टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेन्टसहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको छ। झन्डै दुई वर्षको छोटो अवधिमै टिम भेन्चर्सले आफ्नो आंशिक लगानी दुई गुणाको प्रतिफलसहित बिक्री गर्न सफल भएको छ।
सन् २०१० मा स्थापना भएको फुडमाण्डु नेपालको सबैभन्दा ठूलो अनलाइन फुड डेलिभरी ९रेस्टुरेन्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु बिक्रीवितरण गर्ने कम्पनीका रुपमा कार्य गर्दै आएको छ। यस कम्पनीले ट्रु नर्थ एसोसिएट्सबाट सन् २०१७ मा सिरिज ए फन्डिङअन्तर्गत लगानी प्राप्त गरेको थियो।
त्यसैगरी टिम भेन्चर्सबाट सन् २०२० मा सिरिज बी फन्डिङअन्तर्गत लगानी प्राप्त गर्न सफल फुडमाण्डुले सन् २०२३ मा सिरिज सी फन्डिङअन्तर्गत डोल्मा इम्प्याक्ट फन्ड आईआईमार्फत झन्डै ४ मिलियन अमेरिकी डलरबराबरको लगानी प्राप्त गर्न सफल भएको थियो।
हिमालयन क्यापिटल हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वको सहायक कम्पनीका रुपमा स्थापित नेपालको एक अग्रिणी मर्चेन्ट बैंक हो। हिमालयन क्यापिटलले वित्तीय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवाजस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरु प्रदान गर्दै आएको छ।
वैशाख ३० काठमाडौं । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...
वैशाख ३० काठमाडौं । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् ...
वैशाख ३० काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी...
वैशाख ३० काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एक जना युवतीको...
वैशाख ३० काठमाडौं । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ...
वैशाख ३० काठमाडौं । काभ्रको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको खहरेसहितको...
वैशाख ३० काठमाडौं । दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। घोराही...
वैशाख ३० काठमाडौं । काभ्रेमा सोमबार आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै...
वैशाख २९ काठमाडौं । बिहे भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् ।...