Advertisement
Advertisement
Advertisement
Advertisement

झिनियाँ बनाउँदै महिला

  |      11:13:00   |  
झिनियाँ बनाउँदै महिला

वैशाख ९, रामपुर । कोभिड –१९ बाट बच्न जारी गरिएको लकडाउनको समय सदुपयोग गर्दै रामपुर नगरपालिकाका महिला  झिनियाँ उत्पादनमा व्यस्त छन् । रामपु ४ सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठले लकडाउन शुरु भएयता ३० क्विन्टल चामलको झिनियाँ तयार गरिसक्नुभएको छ । झिनियाँ बनाउदै गर्दा दिन बितेको उहाँलाई पत्तो छैन । “बिहानदेखि साँझ आँखाले ठम्याउँदासम्म झिनियाँ बनाउँछु, लकडाउनको समयमा कसरी दिन कटाउने हो भन्नुपरेको छैन, काममै व्यस्त छु”,  श्रेष्ठले भन्नुभयो ।
चार वर्षदेखि सो व्यवसायमा आबद्ध श्रेष्ठ वर्षमा झिनियाँ उत्पादनबाट खर्च कटाएर रु तीन लाख आम्दानी गर्नुहुन्छ । राम्रो कमाइ हुने भएपछि उहाँले चार जनालाई रोजगारी दिनुभएको छ । लकडाउनको समयमा भने कामदारलाई सुरक्षित साथ रहन घर पठाइएको उहाँले बताउनुभयो ।
रामपुर–५ राङ्गभाङ्ग बस्ने मैयाँ श्रेष्ठको पनि दैनिकी झिनियाँ बनाउँदैमा बितेको छ । लकडाउन समययता उहाँले हालसम्म सात क्विन्टल झिनियाँ उत्पादन गरिसक्नुभयो तर बजारमा खपत गर्ने वातावरण छैन । “हातमा सीप भएपछि घरभित्रै बसेर आयआर्जन गर्न सकिन्छ, लकडाउनको समयमा झिनियाँ बनाउने र पछि खुलेको समयमा बजारमा बिक्री गर्ने हो”, उहाँले भन्नुभयो । श्रेष्ठले बन्दाबन्दीको समययता रु ६० हजारको झिनियाँ उत्पादन गर्नुभएको छ  ।
उहाँ यो व्यवसायमा लागेको अढाइ दशक बितिसकेको छ । हातमा सीप भएकालाई लकडाउन, बन्दहड्ताल जुनसुकै अवस्था आए पनि खाली बस्नु नपर्ने उहाँको अनुभव छ ।
लकडाउनको पालना गरी हातमा सीप भएका महिलाले घरभित्रै बसी झिनियाँ बनाएर भण्डारण गरी राखेका छन् । झट्ट नबिग्रने एक वर्षसम्म यसलाई प्रयोगमा ल्याउन सकिन्छ । यहाँ उत्पादित झिनियाँको आकारअनुसार प्रतिदर्जन रु ४० देखि एक सयमा बिक्री हुने गरेको व्यापारी बताउँछन् । चामलको पिठोलाई पकाएर यन्त्रको सहायताले झिनियाँ बनाई सुकाएर तयार  गरिन्छ ।
पहिले तिहारमा मात्र बनाइने झिनियाँ हिजोआज भने विवाह, व्रतबन्ध, पूजाआजा तथा विशेष पर्वमा व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियाँलाई लिइन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ रोटी दिने प्रचलन छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement