Advertisement
Advertisement
Advertisement
Advertisement

ज्यानभन्दा दाउरा र स्याउला प्यारो

  |      11:11:00   |  
ज्यानभन्दा दाउरा र स्याउला प्यारो
चैत २७, मुगु । कोराना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनको उल्लङ्घन गर्दै सयौँको सङ्ख्यामा स्थानीयवासी रारा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको पाइएको छ । भान्सामा प्रयोग हुने दाउरा र पशु चौपायका लागि चाहिने पिरल ९स्याउला० को खोजीमा उनीहरू निकुञ्जभित्र प्रवेश गरेका हुन् । 
 
कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर देशभर सरकारले लागु गरेको लकडाउनको उल्लङ्घन गर्दै निकुञ्जभित्र प्रवेश गरेका छायाँनाथ रारा नगरपालिकाको वडा नं ३ र ५ का महिलाहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको सयुंक्त गस्ती टोलीले फेला पारेको हो ।
 
मङ्गलबार ३ र ५ वडाका ढुमा, लुवाडबाटा, कार्कीबाडा, तुमा गाउँका लुकिछिपी निकुञ्ज प्रवेश गरेका १०० भन्दा बढी महिलालाई निकुञ्ज कार्यालयको फाँका चेकपोष्ट र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदलगुल्मको फाँकापोष्टका सेनाको संयुक्त टोलीले औजारसहित नियन्त्रणमा लिई छाडेको थियो ।
 
हरेक वर्ष यो याममा पशु चौपायाका लागि चाहिने पिरल९स्याउला० लिन निकुञ्ज र मध्यवर्ती क्षेत्रले आसपासका बासिन्दाहरुबाट रु १५ को रसिद काटेर सीमित समयका लागि सुक्खा दाउरा, सोतर र स्याउला लिन वन खुला गर्दथे तर यो वर्ष कोराना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशभर लकडाउन गरेकाले लकडाउन खुला नहुन्जेल निकुञ्ज कार्यालयले काठ, पिरल सङ्कलनमा रोक लगाएको छ । 
 
यो वर्ष कोराना भाइरसका कारण भन्दै अहिलेसम्म वन खुला नभएपछि ज्यानको मायाभन्दा दाउरा र स्याउलाको माया मानेर पहिलो पटक स्याउला र दाउरा सङ्कलनका लागि स्थानीय महिलाहरू निकुञ्जभित्र प्रवेश गरेका थिए । 
 
मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई समेत यो समयमा वन जङ्गलमा नजान जानकारी गराउँदै आएको भए पनि अटेर गरेर निकुञ्जभित्र प्रवेश गर्ने गरेको लामा लेख सेरी मालिका मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर मल्ल बताउनुभयो ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement