Advertisement
Advertisement
Advertisement
Advertisement

जेठ १४ गते शनिबार पर्ने महिनावारी दिवसका दिन काठमाडौंमा बृहत साइकल र्‍याली हुने

  |      20:02:00   |  
जेठ १४ गते शनिबार पर्ने महिनावारी दिवसका दिन काठमाडौंमा बृहत साइकल र्‍याली हुने

जेठ ११, काठमाडौं ।  एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल  र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबार काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्‍याली गरिने भएको हो । 


बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट ¥याली आयोजना गरिएको जानकारी दिएको हो । 

बिहान साढे सात बजे बसन्तपुरबाट सुरु हुने  र्‍याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुने जनाइएको छ । र्‍यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउने छन् । मंगलबजारमा हुने समापन कार्यक्रमलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। 

एक्सपोज नेपालले महिलामाथि हुने सबैखाले हिंसा र महिनावारी स्वच्छताको विषयमा काम गर्दै आइरहेको छ । सन् २००७ मा स्थापना भएको संस्थाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने, हिंसा न्यूनीकरणका लागि महिला पुरुष दुवैलाई चेतना अभिवृद्धि गर्ने, स्वस्थ महिनावारीका बारेमा कार्यक्रम गर्नुका साथै पुनः प्रयोग गर्न सकिने प्याड निमार्ण र बिक्रीवितरण गर्दै आएको छ । 

संस्थाले विभिन्न स्थानीय तहसँगको सहकार्यमा सिप प्रदान गरी हालसम्म २३ जिल्लाका चार हजार नौ सय जना महिलालाई चेतना वृद्धिसहित आर्थिक उपार्जनका लागि काम गरिरहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement