Advertisement
Advertisement
Advertisement
Advertisement

जापानमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा तीन नेपाली पक्राउ

  |      11:17:00   |  
जापानमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा तीन नेपाली पक्राउ
भदौ २४, काठमाडौं । जापानको फुकुओका सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन्। जापानी प्रहरीले २५ वर्षीया राजवंशीको हत्या गरेको आशंकामा तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
पक्राउ पर्नेमा २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया अस्मिता तामाङ र २२ वर्षीय प्रविन लामा रहेको रिपोर्टमा उल्लेख छ। उनीहरू फुकुओका तथा सागा क्षेत्रमा बसोबास गर्दै आएका नेपाली नागरिक हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटना अगस्ट १८ रातिदेखि १९ अगस्ट बिहानको बीचमा भएको आशंका गरिएको छ। राजवंशीमाथि कडा वस्तुले टाउकोमा प्रहार गर्नुका साथै घाँटीमा डोरीले कसेपछि उनलाई नदीमा खसालिएको हुन सक्ने प्रहरीको आशंका छ। उनको शव अगस्ट १९ बिहान फुकुओकाको नाका नदीमा फेला परेको थियो।
राजवंशी सन् २०२३ मा विद्यार्थी भिसामा जापान पुगेकी थिइन्। उनी फुकुओकाको एक व्यावसायिक शिक्षालयमा अध्ययन गर्दै आंशिक समय कामसमेत गर्दै आएको बताइएको छ।
घटनाको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। पक्राउ परेका व्यक्तिहरू र मृतकबीचको सम्बन्ध तथा घटनाअघिको गतिविधिलाई समेत अनुसन्धानको दायरामा राखिएको छ। केही जापानी सञ्चारमाध्यमले प्रेम सम्बन्धसँग जोडिएको विवादको सम्भावनातर्फ पनि अनुसन्धान भइरहेको उल्लेख गरेका छन्। यद्यपि, प्रहरीले हत्याको निश्चित कारणबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेको छैन।
पक्राउ परेका तीनै जनामाथि लागेको आरोपको कानुनी टुंगो अनुसन्धान तथा अदालती प्रक्रियापछि मात्रै लाग्नेछ। जापानी प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि र तीन जनाको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement