Advertisement
Advertisement
Advertisement
Advertisement

जातीय विभेदको आरोपमा महिला पक्राउ

  |      00:00:00   |  
जातीय विभेदको आरोपमा महिला पक्राउ

जेठ १, सोलुखुम्बु । जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ ।  सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताउनुभयो । तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सङ्गीतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

‘सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेको’ मीनबहादुरको जाहेरीमा उल्लेख छ । नेपालको संविधान २०७३ को भाग ३ को धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकबारे प्रष्ट उल्लेख गरिएको छ । 

दुधकोशीमा माछा मार्न गएका  मृत

नदीमा माछा मार्न गएका एक युवक मृत अवस्थामा भेटिएका छन् । दूधकोशी नदीमा माछा मार्न गएका थुलुङदूधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सोमबार माछा मार्न भन्दै दूधकोशी गएका राईलाई माप्यदूधकोशी–७ र थुलुङदूधकोशी–८ जोड्ने कायघाटमा राखिएको ह्युमपाइपभित्र अड्किएको अवस्थमा बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । उहाँका अनुसार राईको शव बुधबार नै कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइएको छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement