माघ २३ काठमाडौं । कम शारीरिक गतिविधि
चिसो मौसममा शारीरिक गतिविधि कम हुन्छ । यसले शरीरमा ‘इन्सुलिन रेजिस्टेन्स’लाई अनावश्यक बढाउँछ। जसले ब्लड सुगर लेभल बढाउँछ ।
अत्याधिक क्यालरी सेवन
जाडोमा गतिविधि कम क्यालरी युक्त चिल्लो खानेकुरा बढी खाइन्छ । जसले ब्लड सुगर लेभल बढाउन सक्छ ।
भिटामिन डीको कमी
जाडोयाममा घाम कम लाग्छ । घाम कम लाग्ने भएकोले भिटामिन डीको कमी हुनसक्छ । शरीरमा गुल्कोजको स्तर बढाउने यो पनि एउटा कारक हो ।
तनाव र थकान
चिसो मौसममा अत्याधिक तनावग्रस्त र थाकेको अनुभव हुनसक्छ । जसले शरीरमा गुल्कोजको स्तर बढाउन सक्छ ।
औषधिको साइड इफेक्ट
केही औषधिको असरले पनि शरीरमा गुल्कोजको स्तर बढाउन सक्छ ।
रोग र संक्रमण
चिसो मौसममा फ्लुको जोखिम बढ्छ । ज्वरो र रुघाखोकीले पनि सुगर लेभल बढाउन मद्दत गर्छ।