Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोयाममा यी पाँच तरकारी विष बराबर

  |      11:35:00   |  
जाडोयाममा यी पाँच तरकारी विष बराबर

 पुस १९, काठमाडौं। जाडोयाममा हरिया सागपातहरु सजिलै उपलब्ध हुन्छन् । यो मौसममा सागपात अत्यधिक उत्पादन हुने कारणले साग पारखीका लागि यो मौसम अति प्रिय हुन्छ ।
त्यसो त पत्तादार तरकारीलाई स्वास्थ्यका लागि अमृत मानिन्छ । यद्यपि, किराबाट बचाउनका लागि यसमा छर्किएका पेस्टिसाइडहरुले यी हरिया सागपातलाई घातक बनाइदिन्छ ।
यसैबीच, भर्खरै छिमेकी राष्ट्रबाट एउटा तरकारीलाई लिएर दुखद घटनाको खबर बाहिरिएको छ । एउटी १४ वर्षीया बालिकाको आफ्नै बारीमा फलेको बन्दा खाँदा मृत्यु भएको खबर आएको छ, जसमा पेस्टिसाइड छर्किएको थियो । त्यसपछि उनको स्वास्थ्यमा समस्या देखियो र तुरुन्त अस्पताल भर्ना गर्नु परेको थियो । तर उनको उपचारको क्रममा मृत्यु भयो । भारतमा घटेको यो घटनाले काँचो तरकारीको सेवनलाई लिएर प्रश्न उत्पन्न भएको छ ।
यस्ता कीटनाशक औषधिको दुष्प्रभावहरु सबैभन्दा पहिला पाचन सम्बन्धि समस्या जस्तै वान्ता, वाक–वाक लाग्ने, पेट दुख्ने र पखाला लाग्ने आदि समावेश छन् । यसबाहेक कीटनाशक हालिएको उत्पादनको सम्पर्कमा आउनले छाला र आँखा पोल्ने, एलर्जी हुने, रातो दाग र चिलाउने जस्ता समस्या देखिन्छन् । त्यति मात्र नभएर लामो समयसम्म किटानासकयुक्त उत्पादनको सम्पर्कमा रहनाले ल्यूकेमिया र लिम्फामा सहित क्यानसरको खतरा पनि बढ्छ ।
सबैभन्दा बढी पेस्टीसाइड भएका तरकारी

पालुँगो

पालुँगोको सागमा कीटनाशक अर्गेनोफस्फेट समावेश हुन सक्छ । कीटनाशक अवशेषहरुका साथ पालुगोको सेवन बढी हुँदा समयसंगै कोषिका सम्बन्धि समस्या उत्पन्न हुन सक्छ ।

सलादको साग

सलादमा राखिने साग जसलाई केल पनि भनिन्छ, जसलाई सलादको रुपमा काँचै खाने गरिन्छ । केल त्यस्तो साग हो, जसमा उच्च कीटनाशक अवशेष हुन्छ । यस्ता रसायनको लगातार सम्पर्कमा आउनाले पाचन सम्बन्धि समस्इा र दिर्घे रोगी बनाउन सक्छ ।

टमाटर (गोलभेँडा)

टमाटरहरूलाई सामान्यतया कीटाणु र रोगहरूसँग लड्न कीटनाशकहरूसँग उपचार गरिन्छ। कीटनाशक
अवशेषहरूमा धैरै टमाटरहरू उपभोग गर्दा स्वास्थ्यमा जोखिम हुने साथै सम्भावित कार्सिनोजेनिक प्रभाव हुन सक्छ ।

ज्वानो

ज्वानोमा विशेषगरि किटनाशक अवशेषहरु उच्च मात्रामा हुन्छ । ज्वानो किटनाशकमा लामो समयसम्म सम्पर्कमा रहँदा हर्मोनमा असन्तुलित भै स्वास्थ्य सम्बन्धि समस्या पैदा हुन सक्छ ।

कोलार्ड ग्रीन्स

लेट्युस ९सलाद साग० र पालकमा प्रयोग हुने एउटै प्रकारको कीटनाशकहरू प्रायः कोलार्ड सागहरूमा पनि प्रयोग गरिन्छ । अन्य पातवाला तरकारीहरू जस्तै कोलार्ड सागहरूमा कीटनाशक अवशेषहरू नियमित रूपमा उपभोग गर्दा सम्भावित स्वास्थ्य जोखिम हुन सक्छ ।

बच्नका लागि के गर्ने ?

पेस्टिसाइडहरु भएको तरकारीको साइड इफेक्टबाट बच्नका लागि यस्ता खानेकुरा प्रयोग गर्नु अगाडि राम्रासंग पानीले धुनु पर्छ । यसको साथै राम्रोसंग पकाएर खानु पर्छ । यसो गर्नाले कीटनाशकको प्रभाव पूर्ण रुपमा समाप्त हुन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement